अध्यक्ष फरार भएपछि पालिकाको काम ठप्प

0

प्रस, जनकपुरधाम, ३ चैत/
घूसकाण्डमा गाउँपालिकाका अध्यक्ष फरार भएपछि पालिकाको काम प्रभावित भएको छ। ८ लाख घूस रकम फालेर विगत १५ दिनदेखि फरार धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्मबरबहादुर राउत अझै कार्यालयमा फर्किएका छैनन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीबाट संयोगवश उम्किएका पालिका अध्यक्ष राउतलाई पक्राउ गरी कारबाई गर्नुपर्ने स्थानीयको माग छ। तीन वर्षयता भएको सम्पूर्ण विकास निर्माणको हिसाब सार्वजनिक गर्नुपर्नेलगायतका माग राखी स्थानीय आन्दोलित छन्। उनीहरूले गाउँपालिकाका अध्यक्ष, प्रशासकीय अधिकृत, योजना र लेखा शाखामा तालाबन्दी गरेका छन्। फरार अध्यक्ष राउतको खोजी जारी रहेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। राउत सम्पर्कमा नआउँदा गाउँपालिकाको कामकाज ठप्प भएको छ। कर्मचारीहरू कार्यालय जाने र फर्कने गरेका छन्।
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत रुद्रनारायण यादव पनि घटनापछि कार्यालयमा आएका छैनन्। उनी मोबाइलको स्वीच अफ गरेर बसेका छन्। सञ्चारकर्मीले सम्पर्क गर्न खोज्दासमेत अधिकृत यादवको मोबाइलमा सम्पर्क हुन सकेको छैन।
गाउँपालिकाको कामकाज नियमित गराउन बितेको आइतवार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलासँग वडाध्यक्षहरूले छलफल गरेको भए तापनि हालसम्म कुनै निचोडमा पुग्न नसकिएको जिप्रका धनुषाले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here