जीराभवानी मेलामा मासु–मदिराको आकर्षण

0

प्रस, सेढवा, २ चैत/
महाशिवरात्रिको दिनदेखि लागेको जीराभवानी मेलाको यस वर्षको प्रमुख आकर्षण पनि मासु र मदिरा नै रह्यो। केही वर्षदेखि बिहारमा मदिरामाथि प्रतिबन्ध लागेपछि मेला भर्न आउने नाममा भारतीयहरू मदिरा र मासुमा रुमलिने गरेका छन्।
मेलामा प्रत्येक दिन करीब पचास क्विन्टल कुखुरा, खसी र बङ्गुरको मासु खपत हुने गरेको अनुमान गरिएको छ। माछाको खपत पनि मेलामा बढेको छ। मेलामा रहेका अधिकांश स्टल मासु र मदिराका छन्।
फागुन २७ गतेदेखि १० दिनसम्मको लागि लागेको यस वर्षको मेलामा अन्य वर्षको तुलना मेला भर्न आउनेहरूको सङ्ख्या बढेको छ।मेला समितिका अध्यक्ष बालेश्वर चौरसियाले यस वर्ष मेला भर्न आउनेहरूको सङ्ख्या बढेको बताए। उनले कोरोनाको कारण अन्य ठाउँका धार्मिक मेला, महोत्सवहरू प्रभावित भएपनि पर्सा जिल्लाको जीराभवानी मेलामा आशाविपरीत भीड बढेको बताए। मेला भर्न पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन र छिमेकी भारत, बिहारबाट ठूलो सङ्ख्यामा श्रद्धालुहरू आउने गरेका छन्।
मेलामा खाद्य, पेयका साथै शृङ्गार र मनोरञ्जनका सामानहरू बिक्रीमा राखिएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here