चर्चित पहलमान देवा थापा १७ किलोको चाँदीको गदाबाट पुरस्कृत

0

प्रस, परवानीपुर, २ चैत/
अन्तर्राष्ट्रियस्तरमा कुश्ती खेलका चर्चित नेपाली पहलमान देवा थापालाई बारामा सोमवार सम्मानित गरिएको छ।
बाराको पचरौता नगरपालिकाको बेलदारीमा सम्पन्न दुई दिने नेपाल–भारत अन्तर्राष्ट्रिय कुश्ती प्रतियोगितामा अत्यधिक सातपटकसम्म विजेता बनेकोमा उनलाई १७ किलोको चाँदीको गदासहित पुरस्कृत गरिएको हो।नेपाली काङ्ग्रेसनिकट खेलकूद विभागको आयोजनामा स्व खुमबहादुर खड्का स्मृति अन्तर्राष्ट्रिय कुश्ती प्रतियोगिताको स्थानीय आयोजक र खेलकूद विभागका सदस्य मणिभूषण यादवले थापालाई गदासहित सम्मानित गरेका थिए। प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आइतवार गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here