११ जना महिलासहित ११७ जनाद्वारा रक्तदान

0

प्रस, वीरगंज, २९ फागुन/
वीरगंज महानगरपालिकमा शनिवार दुई स्थानमा भएको रक्तदान कार्यक्रममा ११ जना महिलासहित ११७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
स्व विकास पटेलको स्मृतिमा उनका साथी र परिवारजनले वीरगंज–११ रानीघाटमा आयोजना गरेको रक्तदान कार्यक्रममा उपेन्द्र पटेल, नेहा यास्मिन, प्रितम पटेल, सागर पटेल, जीतेन्द्र पटेल, श्याम पटेल, राकेश गुप्ता, रितेश सुवेदी, पार्थ पटेल, सोनु सिंहसमेत तीनजना महिलासहित ६७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्रकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन्। कार्यक्रम फाउन्डेशनका अध्यक्ष आलोक पटेलको अध्यक्षतामा भएको थियो। यसैगरी, युनिभर्सल युनाइटेड क्लब वीरगंज–१७ अलौद्वारा आयोजित रक्तदान कार्यक्रममा नुरनेसा खातुन, हसिना खातुन, जनिफन खातुन, सन्दीप राम, शिव चौधरी, अर्मेन्द्र कुमार, राजकुमार साह, प्रेमशङ्कर गुप्ता, शक्ति अन्सारी, मुस्ताक अलि, कुन्दन सहनीसमेत आठजना महिलासहित ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्रका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए।
कार्यक्रम क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा भएको थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here