सुनाताऽऽऽऽऽऽ!!!???

0

मुकुन्द आचार्य

विविध भाषा, संस्कृति, रहन–सहन, बोली–वचन, रीतिथिति, चाल–चलन सबै थोक मिसिएको एक अनौठो क्वाँटी संस्कृतिको नमूना देश हो, हाम्रो नेपाल भनिने देश १ त्यसैले मीठो छ नेपालीपनको स्वाद १
तराईकै हावापानीमा आपूm पनि हुर्किएको हुनाले यहाँको पुरानो रीतिथितिलाई मन–मस्तिष्कले मधुरताका साथ सँगालेर राखेको हुन्छ। समयको धूलो झारेर यस्तै अनुभूति फेरि ताजा पार्ने सुनौलो अवसर स्वतः प्राप्त हुन आइपुग्यो। पुरानो मित्रताको सम्झनाले नयाँ ताजगी दियो।
महानगरी वीरगंजछेउको यौटा गाउँमा एक पुराना मित्रसँग भेट्ने, भलाकुसारी गर्ने संयोग नै ठ्याक्कै जु–यो। दुवै मित्र कलियुगीय ब्राह्मण कुलकमल दिवाकर हुन्। जन्मले त ब्राह्मण हुन्, तर कर्मले हुन् वा होइनन्, त्यो कुरा भगवान्ले नै जानून्।
मित्र गौरीशङ्कर दुबेले आप्mनो प्राचीनकालको महल (घर)मा लिएर गए। त्यस महलमा मलाई प्रेमपूर्वक घुमाएर बैठक कोठामा बसाए। म त वर्तमानबाट उछिट्टिएर अकस्मात् एक शताब्दी पहिलेको युगमा पुगें जस्तो लाग्यो। कसैले जुरुक्क उचालेर वर्तमानबाट भूतमा हुत्याइदियो।
तत्काल उनले आवाज निकाले– ‘सुनाताऽऽऽऽऽऽ१११???।’ यो एक शब्दको वाक्यमा सिङ्गो युग नै समेटिएको थियो। ‘सुनाता…?’ जस्तो सानो वाक्यले ठूलो युगलाई समेटेको थियो। म भूतको भुमरीमा भौंतारिन पुगें।
पहिलेको पर्दाप्रथा मानसपटलमा बिजुली चम्केझैं झल्ल भएर चम्कियो। उहिले उहिले ‘डोर बेल’को चलन थिएन। गृहिणी वा गृहलक्ष्मीलाई बोलाउनुपर्दा अथवा ध्यानाकर्षण गराउन खोज्दा पुरुष जातिले अलि बल गरेर खकार्थे। त्यो खकारेको सुन्नासाथ गृहलक्ष्मी सतर्क हुने गर्थिन्। त्यसपछि ध्यानाकर्षणको दोस्रो चरणमा घरको ढोकामा झुन्डिएको सिक्रीले मदत गथ्र्यो। ‘कुण्डी खटवाएके’ अर्थात् ढोकाको सिक्री बजाउनु। यसै कर्मलाई उस बेला ‘कलिङ बेल’को पद प्राप्त थियो।
ढोकामा सिक्री बजेपछि गृहलक्ष्मी बाध्य भएर अलि–अलि लजाए जस्तै गरेर पट खोल्ने गर्थिन्। त्यै अत्यावश्यक काम अचेल पनि ‘सुनाताऽऽऽऽऽऽ१११???’ ले गर्दो रै‘छ। मित्र गौरीशङ्कर दुबेले ‘सुनाता…’को बलियो हाँक लगाएपछि गृहलक्ष्मीले आपूm सतर्क भएर सुन्दैछु भन्ने सङ्केत आप्mनै पारामा प्रक्षेपित गरिन्। पुरुष आवाजले जानकारी र आदेश मिसाएर भन्यो– ‘हमर मित्र आइल बाडन १ दही–चिउरा के व्यवस्था कर १ छिमी के सब्जी बनाव १’ दुबेजीको भोजपुरीप्रेम र मित्रप्रेम प्रचण्ड थियो।
राजधानीको धूलो र धूवाँले सुकेको आत्माले दही–चिउरालाई अमृतसरह ग्रहण गर्ने नै भयो। अर्को मित्र पनि कम्ताका थिएनन्। उनी थिए नवीन त्रिपाठी। उनले पनि आप्mनो नवनिर्मित आधुनिक घरको दर्शन गराए। शुरूमा उनले पनि ‘सुनाताऽऽऽऽऽऽ१११???’को पुकार लगाए। त्रिपाठी वा त्रिवेदी वा तिवारी यी सबै एउटै चराका नाम हुन्। प्राचीन नभए पनि पक्का पाको मित्रता र स्नेह हामीबीच थियो।
उनैको पुच्छर समाएर (बाइकमा बसेर) म पुनः वीरगंजसम्म आइपुगें। ‘सुनाता…?’ शब्द धेरैबेरसम्म मेरो मन–मस्तिष्कमा गुञ्जायमान रहिरह्यो।
समय बदलियो। अब त सबैका करकमलमा मोबाइल नामक दूरसंवाद यन्त्र सुशोभित छ। जोसँग कुरा गर्न मन लाग्यो, सो यन्त्रमा कुनै कुनै उच्च स्थलमा थिचेर वाञ्छित व्यक्तिसँग बात मार्न सकिन्छ।
त्यति मात्र कहाँ हो र १ वार्तालापकर्ताहरूको चित्र, विचित्र, मनभित्र छल, छिद्र, क्षुद्र सबै थोक प्रस्टै देखिने यन्त्र सर्वसुलभ भइसकेपछि अब ‘सुनाताऽऽऽऽऽऽ१११???’ जस्तो ऐतिहासिक शब्द सुन्न पाइने सम्भावना घट्दै गएको छ।
परिवर्तनशील संसारमा भाषा, भाव, सोच बदलिनु कुनै नौलो कुरा त होइन। तर यौटा सानो शब्द ‘सुनाता ?’मा सिङ्गो युग अटाउनु अलि उदेकलाग्दो नै हो कि ?

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here