६ महिलासहित २५ जनाद्वारा रक्तदान

84

प्रस, वीरगंज, २५ फागुन/
महाशिवरात्रिको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ जना महिलासहित २५ जनाले रक्तदान गरेका छन्।
विश्वदर्शन भवन छपकैयामा आयोजित रक्तदान कार्यक्रममा जसोदा देवी, निपुल कुशवाहा, मञ्जु यादव, रञ्जु चौधरी, सञ्जु चौधरी, राजेश यादव, पुष्पकुमार श्रेष्ठ, इजहार अहमद, सुमित अग्रवाल, राकेश कुशवाहालगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए। रक्तदान कार्यक्रम ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजकी प्रमुख सञ्चालिका रविना दिदीको अध्यक्षतामा तथा नेपाल चिकित्सक सङ्घ,
पर्साका अध्यक्ष डा अरुणकुमार कर्णको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, पर्साका उपसभापति मधु राणा, सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुद्दीन ठकुराई, नेपाल पत्रकार महासङ्घका प्रदेश सदस्य जगत राईलगायतको सहभागिता थियो। कार्यक्रममा बेली दिदीले स्वागत र विके गोकुल भाइले सहजीकरण गरेका थिए।
यसैगरी, कार्यक्रममा ३५ जनाको निश्शुल्क नेत्र परीक्षण गरिएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्