अन्तर्राष्ट्रिय नारी दिवसमा विविध कार्यक्रम

0

प्रस, वीरगंज, २४ फागुन/
१११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वीरगंजमा जनता समाजवादी पार्टी सम्बद्ध महिलाहरूले आज वीरगंजमा –याली तथा सभा आयोजना गरेका थिए।
घण्टाघरबाट निस्केको –याली नगर परिक्रमापछि सोही ठाउँ पुगेर सभामा परिणत भएको थियो। प्रदेश सांसद करीमा बेगमको अगुवाइमा निस्केको जुलूसमा पिङ्की यादव, मुन्नी श्रीवास्तव, मेनुका सिंहलगायतको सहभागिता थियो।
त्यसैगरी स्माइल नेपाल फाउन्डेशनले एकल महिलाहरूलाई साडी वितरण गरेको छ। राइनो युवा नेपालको सहयोगमा फाउन्डेशनले एक सय एकल महिलालाई साडी वितरण गरेको थियो। संस्थाका अध्यक्ष आँचल सिंहको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष भरतराउत कुर्मी, राइनो संस्थाका रामप्रसाद गुप्ता, रूपा पाण्डेलगायतको उपस्थिति थियो।
यसैगरी वीरगंज–१४ पिपराको ग्यालेक्सी युथ क्लबले १११औं नारी दिवसको अवसर पारी ५० जना महिलालाई साडी वितरण गरेको छ। क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षता र नेपाली काङ्ग्रेस निकट केन्द्रीय तराई मधेस समन्वय विभागका सचिव रामनारायणप्रसाद कुर्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एलएस न्युरो अस्पतालका वरिष्ठ न्युरो सर्जन श्यामबाबू प्रसाद, क्लबका संस्थापक अध्यक्ष श्याम पटेल, स्थानीय तह कर्मचारी युनियन पर्साका घनश्याम प्रसाद, समाजसेवी सतनप्रसाद कुर्मी, क्लबका सल्लाहकार विश्वेश्वर पटेललगायतको सहभागिता थियो।
यसैगरी अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वीरगंजमा पुरुषहरूले पदयात्रा निकालेका छन्। घण्टाघरबाट निकालिएको पदयात्रा नगर परिक्रमापछि सोही ठाउँमा पुगेर सभा गरी समापन भएको थियो।
यसैगरी चित्रांश युवा समितिले चित्रकला प्रतियोगिता गरेको छ। नारी दिवसको अवसरमा आयोजित चित्रकला प्रतियोगिताको उद्घाटन वीरगंज महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले गरेका थिए।
चित्रकला प्रतियोगितामा साउथ जोनका विनय बैठा प्रथम, जिएचपीका विवेककुमार साह द्वितीय र लिटिल फ्लावरकी शिपरा शर्मा तृतीय भएका थिए। उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा चित्रगुप्त समितिका अध्यक्ष महेश दास, रेडक्रसका मनीष दास, चित्रकार निशा सर्राफ, अञ्जली कर्णलगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रस, पर्सागढी, २४ फागुन/
यसैगरी अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरगंज मनपा–२९ मा सुखी जीवन महिला बचत तथा ऋण सहकारी संस्था लि.ले –याली निकालेको छ।
वीरगंज महानगरको मुसैली टोलबाट निस्केको –याली मुसैली विद्यालय पुगेर समापन भएको थियो। –यालीमा छोराछोरीमा भेदभाव नगरौं, छोरासरह छोरीलाई पनि पढाऔं, महिलामाथि हिंसा बन्द गरौंजस्ता नारा लगाइएको थियो। कार्यक्रममा संस्थाकी अध्यक्ष प्रमिला मिश्र, सचिव रेणु मण्डल, आशा लोहार, कैलसिया देवीलगायत बालबालिका, ज्येष्ठ नागरिकहरूको सहभागिता थियो। कार्यक्रम आयोजनाको लागि स्थानीय समाजसेवी प्रद्युम्न यादवले सहयोग गरेका थिए।
प्रस, सेढवा/
जीराभवानी गाउँपालिकामा पिस फर दलित फाउन्डेशन नेपालको आयोजना तथा आशा नेपाल काठमाडौंको सहकार्यमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ।
उर्मिला पासवानको अध्यक्षता र गापा प्रमुख रामप्रीतमहतो थारूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आशा नेपालकी कार्यकारी निर्देशक विमला थापा, आइसा मैनाली, सुमधुर मैनाली, स्थानीय जनप्रतिनिधि चन्देश्वर राम, दलित अधिकार दबाब समूहका अध्यक्ष किशनाथ राम, पिस फर दलित फाउन्डेशनका सदस्य चन्द्रकिशोर राम, सुरेन्द्र पासवान, परमानन्द राम, सल्लाहकार अशोक रामलगायतको सहभागिता थियो।
फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले सो अवसरमा अन्तत्र्रिmया गरिएको र सहभागीहरूले महिला जागरुकता र सशक्तीकरण तथा दलित महिलाको भूमिका विषयमा आआफ्नो धारणा राखेको बताए। उनले अहिलेसम्म दलितहरूले सामाजिक न्याय, स्वतन्त्रता नपाएको बताए। उनीहरूले दलित अधिकारको लागि महिलाहरू पनि जागरुक हुनुपर्ने र अगुवाइ गर्नुपर्ने निष्कर्ष निकालेका थिए। सहभागीहरूले स्थानीय तहको सबै वडाहरूमा अहिले दलित महिला सदस्यहरू निर्वाचित भएकाले उनीहरूको सक्रियताले दलित महिलाहरूको उत्थान हुने जिकिर गरे।
प्रस, पचगाँवा/
पटेर्वासुगौली गाउँपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तत्र्रिmया तथा सम्मान कार्यक्रम गरेको छ। पटेर्वासुगौली गापा–४ नेरामावि सुगौली दापको प्राङ्गणमा भएको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष राजेश्वर महतोले गरेका थिए।
कार्यक्रममा गापा उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादव, प्रधानाध्यापक मोहन दास, सामाजिक विकास शाखा प्रमुख राजकुमार महतो, शिक्षा अधिकृत शम्भु साह, प्राविधिक रामबाबूराय यादवलगायतले महिला हिंसा, दाइजोप्रथा, बाल विवाह, बाल श्रम शोषणजस्ता सामाजिक कुरीतिविरुद्ध मन्तव्य दिएका थिए।
कार्यक्रममा महिला स्वास्थ्यकर्मी, छात्रा, गृहिणीलगायतलाई सम्मान गरिएको थियो।
प्रस, पोखरिया/
पोखरिया नगरपालिकाले नारी दिवसको अवसरमा –याली आयोजना गर्नुका साथै विभिन्न क्षेत्रका महिलाहरूलाई सम्मान गरेको छ।
जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्राविधिक विद्यालयबाट निस्केको –याली नगर परिक्रमा गरी पोखरिया नगरपालिका अगाडि कार्यक्रम गरेर समापन भएको थियो। कार्यक्रममा पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुनले १६ जना स्वास्थ्यकर्मी, ५ जना छात्रा र २ जना महिला प्रहरीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।
कार्यक्रमको अध्यक्ष उपप्रमुख खातुनले आगामी वर्षदेखि उपमेयर छात्रवृत्ति योजना सञ्चालनमा ल्याउने घोषणा गरिन्। उनले कक्षा १० का ५ जना, कक्षा ११ का ३ जना, कक्षा १२ का ३ जना र कक्षा १२ मा नगर उत्कृष्टलाई नगदसहित पुरस्कृत गरिने बताइन्।
कार्यक्रममा वडाध्यक्ष लक्ष्मण साह कानू, प्रहरी निरीक्षक दीपक थापा, प्रसनि पूजा मिश्र, निमित्त प्रशासकीय अधिकृत विजय झा, पत्रकार धर्मेन्द्र चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण नरेन्द्र साहले गरेका थिए।
प्रस, निजगढ/
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमवार निजगढमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकी प्रमुख अतिथि पार्टी जिल्ला कमिटी सदस्य एवं निजगढ नगर उपप्रमुख लीलादेवी लामिछाने रहेकी थिइन्। “प्रत्येक महिला श्रमिक हुन्। महिलाहरूको जहाँ सम्मान, इज्जत गरिंदैन, त्यहाँ विकासको गतिले निरन्तरता पाउन सक्दैन”—प्रमुख अतिथि लामिछानेले भनिन्। महिलाहरू आफ्ना जायज हक, अधिकार प्राप्तिका लागि सङ्गठित हुनुपर्ने बताउँदै अब चुलो चौकामा मात्रै सीमित हुनुहुँदैन। सीप, ज्ञान आर्जन गरी आर्थिक पाटो बलियो बनाउन उनले आग्रह गरिन्। महिलाहरूको एकताले मात्रै संविधानले दिएको अधिकार कार्यावन्यन हुने धारणा राख्दै महिलाहरू माथि हुने हरेक खालका विभेद, हिंसाविरुद्ध बेलैमा आवाज उठाउनसमेत उनले सबैलाई आग्रह गरिन्।
कार्यक्रममा पार्टीका नेताहरू रविराज दंगाल, एकबहादुर श्रेष्ठ, सन्तोष दंगाल, राजु आचार्य, चण्डिका सापकोटा, दिपिका शाह, सम्झना थापालगायतले मन्तव्य राखेका थिए। अखिल नेपाल महिला सङ्घ निजगढ नगर कमिटी अध्यक्ष लक्ष्मी गौतमको सभाध्यक्षतामा गरिएको कार्यक्रमको सञ्चालन धन लामाले गरेकी थिइन्।
त्यसैगरी मेची–महाकाली बुहारी संयुक्त आवाज निजगढले पनि १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस निजगढमा मनाएको छ। सो कार्यक्रमकी प्रमुख अतिथि निजगढ नगर उपप्रमुख लीलादेवी लामिछाने थिइन् भने संस्थाका उपाध्यक्ष सगुन लामाले स्वागत गरेकी थिइन्। संस्थाकी अध्यक्ष सावित्री तिमल्सिनाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उषा थापा र शान्ति लामाले गरेका थिए। शहीद चोकबाट निस्केको –याली राजमार्ग हुँदै बुद्ध चोकको परिक्रमा गरी पुनः शहीद चोक पुगी सभामा परिणत भएको थियो।
प्रस, ठोरी/
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर पर्साको ठोरी गापा –४ मा सोमवार प्रभातफेरी सम्पन्न भएको छ। आशिष सामाजिक सेवा, नेपालको आयोजना तथा ठोरी गापा–४ मा सञ्चालित माध्यमिक विद्यालय, विजयबस्ती र ज्ञानज्योति मावि, घ्याङडाँडा एवं प्रगतिशील नारी समूह, विशाल चोक विजयबस्ती नारी समूह, विजयबस्ती र लौ न अब केही गरौं नारी समूह, स्याउलेबस्ती समेतको सक्रिय सहभागितामा आयोजित प्रभातफेरी व्शिाल चोकबाट शुरू भएर मिलचोक–गुम्बालाइन–विजयबस्ती चोक हुँदै विशाल चोक पुगी कोणसभामा परिणत भएको थियो।
प्रभातफेरीका सहभागीहरूले आधा जनसङ्ख्या ओगट्ने महिलाकोे अधिकार सुनिश्चित गर, महिला पुरुष एक समान, बदलिंदो विचार बदलिंदो समाज, नारी शक्तिलाई कमजोर सम्झिनु पुरुषप्रधान समाजको विकृत मानसिकता होजस्ता महिला हकहितका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
प्रगतिशील नारी समूह, विशालचोककी अध्यक्ष दुर्गामाया श्रेष्ठको सभापतित्व तथा ठोरी गापा–४ का वडा अध्यक्ष बैबहादुर तामाड्ढो प्रमुख आतिथ्यमा सम्पन्न भएको कोणसभामा साबिक निर्मलबस्ती गाविसका पूर्व अध्यक्ष लालबहादुर श्रेष्ठ, नेपाली काङ्ग्रेस पर्सा जिल्ला कार्य समितिका सदस्य रामबहादुर श्रेष्ठ, नेकपा ठोरी गाउँ कार्य समितिका अध्यक्ष खगेन्द्र श्रेष्ठ, ठोरी गापा–४ की वडा सदस्य धनमाया विक, ज्ञानज्योति मावि घ्याङडाँडा विव्यसका अध्यक्ष राकेश श्रेष्ठ, मावि विजयबस्तीका प्रअ नारायण लामा, वडा सदस्य तेजबहादुर श्रेष्ठ, देउराली सहकारी संस्थाकी सदस्य गोमा उपाध्याय, दलित मुक्ति मोर्चाका हरिबहादुर सुनारलगायत अतिथि थिए।
प्रगतिशील नारी समूहकी सदस्य एवं शिक्षिका पार्वती तामाङले सहजीकरण गरेको कोणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बैबहादुर तामाङले महिलाहरू आफ्नो अधिकारप्रति सचेत हुनुपर्ने बताएका थिए भने अर्का वक्ता लालबहादुर श्रेष्ठले आफ्नो अधिकार प्राप्तिका लागि महिलाहरू सम्बन्धित निकायसम्म पुग्नुपर्ने बताएका थिए। आशिष सामाजिक सेवा विशाल चोकका संयोजक रोशन सुनुवारले सहभागी सबैलाई धन्यवाद दिंदै नारी अधिकारका लागि आफ्नो संस्था सदैव लागिपर्ने बताए। रामबहादुर श्रेष्ठले पनि महिलाहरू सचेत हुनुपर्ने बताए। मावि विजयबस्तीका प्रअ नारायण लामाले महिलाहरू आफू शिक्षित भई अधिकार लिनुपर्ने कुरामा जोड दिएका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here