प्रस, पर्सागढी, १९ फागुन/
पर्सागढी नगरपालिका–४ बर्वाटाँडीका भीमबहादुर खड्काले मन्दिरलाई एक कट्ठा (करीब ३५ लाख मूल्यबराबरको) जग्गा दान गरेका छन्। बर्वाटाँडी सडकखण्डमा रहेको एक कट्ठा जग्गा बुधवार खड्काले पर्सागढी शिवपार्वती मन्दिर व्यवस्थापन समितिको नाममा भूमिसुधार तथा मालपोत कार्यालय, पर्सामा नामसारी गरी दान गरेका हुन्। सो जग्गामा छठपूजा हुँदै आएको थियो। जग्गादान कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रप्रसाद यादव, सल्लाहकार अच्छेलाल यादव, समाजसेवी नागेन्द्र सिंह, जयकिशोर चौरसियालगायतको सहभागिता रहेको सचिव नरेश यादवले बताए।