तीनवटा सम्पदा पुनस्र्थापना तथा पुनर्निमाणको लागि सम्झौता

0

प्रस, वीरगंज, १९ फागुन/
भारतीय दूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन एकाइका परियोजना निर्देशकले बुधवार थप तीनवटा सम्पदाको पुनस्र्थापना तथा पुनर्निर्माणको लागि सम्झौतापत्र र ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन्।
भारतीय दूतावासले जनाए अनुसार सम्झौता भएका तीन सांस्कृतिक सम्पदा परियोजनामा ललितपुरस्थित ज्येष्ठ वर्ण महाबिहार तथा सिन्धुपाल्चोकस्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा पुनस्र्थापना तथा पुनर्निर्माणका लागि हस्ताक्षर भएको छ। यी सम्पदाहरू २०७२ सालको विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएका थिए।भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत २४ करोड ६० लाख लागतमा तीनवटै सम्पदाको पुनर्निर्माण गरिने बताइएको छ। भारतले नेपालका ८ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको संरक्षण, पुनर्निर्माणका लागि नेरु ५ अर्ब ८० करोड सहयोग गर्ने प्रतिबद्धता गरे अनुसार यो काम भएको भारतीय दूतावासले जनाएको छ। २८ वटा सांस्कृतिक परियोजनामध्ये योसहित ६ वटा परियोजनाको ठेक्का हस्तान्तरण भइसकेको छ।
यसअघि पनि तीनवटा परियोजनाको ठेक्का हस्तान्तरण गरिएको दूतावासले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here