लघुकथा बिजुलीको एक झिल्का हो ः प्रा.डा.लामिछाने

0

प्रस, गरुडा, १९ फागुन/
नेपाली र भारतीय भूमिमा लघुकथा सशक्तरूपमा स्थापित भइसकेको आख्यान साहित्यको उपविधा भएको प्राडा कपिल लामिछानेले बताएका छन्। रौतहटको गरुडामा साहित्यकारसितको भेटघाटमा प्राडा लामिछानेले लघुकथालाई बादल लागेको आकाशमा गड्याङ्गुडुङ गर्ने बेलाको बिजुलीको झिल्कासित तुलना गरेका थिए। विराटनगरमा आयोजित लघुकथासम्बन्धी दुर्ई दिने कार्यक्रममा सहभागी भएर भैरहवातिर फर्कने क्रममा प्राडा लामिछानेले रौतहटका मुस्लिम समुदायमा प्रचलित संस्कार गीतको अध्ययनसम्बन्धी कामको सिलसिलामा गरुडा आएका थिए। सोही क्रममा प्राडा लामिछानेलाई मध्यरौतहटका लेखक तथा साहित्यकारहरूले स्वागत सम्मान गर्दै लघुकथाको विषयमा विशेष जानकारी प्राप्त गरेका थिए।चार दर्जनभन्दा बढी मौलिक र करीब डेढ दर्जन सम्पादित कृति प्रकाशन भइसकेका प्राडा लामिछाने मोसफलमा रहेर साहित्य साधना गर्दै देशमा विशिष्ट पहिचान बनाउने निकै कम साहित्यसर्जकमा गनिन्छन्।
गरुडाका सञ्जय साह मित्रको संयोजनमा बज्जिका साहित्य सङ्गम रौतहटको आयोजनामा गरुडास्थित माध्यमिक विद्यालयमा भएको साहित्यिक भेटघाट तथा अन्तत्र्रिmयामा सङ्गमका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, पूर्वअध्यक्ष श्याम सहनी चन्द्रांशु, उपाध्यक्ष रेणु गुप्ता, सहसचिव केदार राय यादव, सल्लाहकार रामअधार पासवान, विश्वनाथ सञ्जेल, जिसी हरि, सङ्गीताकुमारी सहनी, शेख चाँद अलि, कुमार चन्दन, सुरजनारायण झाले लघुकथा, कविता, गीत र मुक्तक वाचन गरेका थिए।
नेपाली र बज्जिका भाषामा वाचन गरिएका रचनाहरू सुनेपछि प्राडा लामिछानेले बहुभाषिक देश नेपालका धेरै भाषामा लघुकथाको विस्तार भएको र बज्जिकामा पनि लघुकथाहरू लेखिनु सुखद पक्ष भएको बताएका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here