दुइ जिल्ला जोड्ने पुल चार वर्षसम्म बनेन

0

प्रस, सर्लाही, १७ फागुन/
सर्लाही र सिराहा जोड्ने पाँचकुमारी खोलाको पुल चार वर्षदेखि अलपत्र छ। आर्थिक वर्ष २०७४/७५ बाट निर्माण शुरू भएको उक्त पुल निर्माण शुरू भएको चार वर्ष बितिसक्न लाग्दा पनि निर्माण कार्य अलपत्र परेको हो।
सर्लाहीको हरिपुर नगरपालिका–८ र सिराहाको लालबन्दी नगरपालिका–४ को सिमानामा रहेको पाँचकुमारी खोलामा दुर्ई खम्बा भएको पक्की पुल निर्माण शुरू गरिएको चार वर्ष भयो। जनप्रतिनिधिको लापरवाहीका कारण निर्माण सम्पन्न हुन नसकेको स्थानीयवासीले बताएका छन्। हरिपुर नगरपालिकाको रु २५ लाख र लालबन्दी नगरपालिकाको रु १० लाख गरी ३५ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी शुरू भएको पुलको हालसम्म निर्माण उपभोक्ता समितिमार्फत नै काम भएको र विभिन्न चरणमा गरी रु २५ लाख रकम सकिसकेको पुल निर्माण उपभोक्ता समितिले जनाएको छ।
आव २०७४/७५ मा नगरले रु पाँच लाख, आव २०७५/७६ मा रु १० लाख लालबन्दी नगरपालिकाले रु १० लाख रकमको व्यवस्था गरेको थियो। आव २०७७/७८ मा पनि हरिपुर नगरपालिकाले रु १० लाख रकमको व्यवस्था गरेको छ।
उपभोक्ता समितिमार्फत निर्माण शुरू गरिएको पुलको हालसम्म तीनवटा निर्माण उपभोक्ता समिति गठन गरिसकिएको वडाध्यक्ष थापाले जानकारी दिए। वडाध्यक्ष थापाले हरिपुर नगरपालिकाका प्रमुख मन्सुरले पुल निर्माण कार्यमा रकमको उचित व्यवस्था नगर्दा निर्धारित समयमा पुल निर्माण हुन नसकेको आरोप लगाएका छन्। लालबन्दीतर्फको क्षेत्रमा पुलको माथिल्लो भौतिक संरचना निर्माण भइसकेको भएपनि मानिस अहिले पनि खोलाबाटै आवतजावत गर्न बाध्य छन्। हरिपुरतर्फको क्षेत्रमा माटो भर्ने, ढुङ्गा जाली लगाउने काम बाँकी नै रहेको हरिपुर नगरपालिका–८ का वडाध्यक्ष हरिबहादुर थापाले बताए।
नगरप्रमुख मन्सुरले उपभोक्ता समितिमार्फत काम गर्दा गुणस्तरीय काम हुने भएको कारण आफूले निर्माण उपभोक्ता समितिमार्फत काम गर्न लगाएको बताए।
सर्लाही र रौतहटको सिमानामा रहेको वाग्मती नदी किनारमा पर्ने नूनथर क्षेत्रमा अझै अपेक्षाकृत विकास हुन नसकेको स्थानीयवासीको गुनासो छ। प्रदेश २ कै उत्कृष्ट पर्यटकीय गन्तव्य चन्द्रपुर नगरपालिका–१ मा पर्ने नूनथर क्षेत्रका लागि पटकपटक विभिन्न शीर्षकमा बजेट विनियोजन भएको भएपनि बजेटको सदुपयोग नभएको स्थानीयवासीले गुनासो गरेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here