साढुदाइको कुटपिटबाट युवकको मृत्यु

0

प्रस, सिराहा, १७ फागुन/
सिराहा जिल्लाको सिराहा नगरपालिका वडा नं १८ इटारीमा एक युवकको कुटपिटबाट मृत्यु भएको छ। मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ।
आपसी विवादमा उनको साढुदाइ मुनेश्वर यादवले कुटपिट गरेका थिए। कुटपीटकै कारण अजितको मृत्यु भएको मृतकका परिवारजनको भनाइ छ।
कुटपिटबाट गम्भीर घाइते अजितलाई उपचारका लागि अस्पताल लैजाँदै आइतवार राति बाटोमैं मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको मृतकका भाइ नवीनले जानकारी गराए। कुटपिटका कारण मृत्यु भएको किटानी जाहेरी प्रहरीमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले बताएका छन्।
घटनाबारे अनुसन्धान भइरहेको र मृतकको शवपरीक्षणको लागि सिराहा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here