गर्मी बढेसँगै बच्चाहरूमा रूघाखोकी र भाइरल फिभर

0

प्रस, परवानीपुर, १६ फागुन/
गर्मी बढेसँगै बालबालिकाहरूमा भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप बढेको छ।
फागुन आधा महीना बितिसकेपछि बिहानैदेखि घाम लाग्ने र चीसो कम हुँदै गएको महसूस गरिएको छ। विशेषगरी बालबालिकाहरू राति पङ्खा चलाएर सुत्ने, बिहान–बेलुकाको चीसोको समयमा खाली खुट्टा खेल्ने र मौसम अनुसारको कपडा नलगाउँदा रुघाखोकी र ज्वरोको शिकार भइरहेको चिकित्सकहरूले बताएका छन्। चिकित्सकहरूका अनुसार यो मौसममा विशेषगरी बालबालिका र वृद्धवृद्धाहरूलाई विशेष ध्यान दिनुपर्छ। वीरगंजका चिकित्सकहरूका अनुसार अहिले नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, भवानी अस्पताल, वीरगंज हेल्थकेयर, तराई अस्पताल, वयोधालगायत दर्जनौं अस्पताल र क्लिनिकहरूमा विशेषगरी रुघाखोकी, निमोनिया, छातीमा कफ जम्ने, भाइरल ज्वरोलगायतका समस्याबाट ग्रसित बच्चाहरू उपचार गराउन आउने गरेका छन्।
नारायणी अस्पतालका फिजिसियन डा रामकुमार सिंहले गर्मी बढ्दै गएपछि बच्चाहरूलाई सोहीअनुरूपको कपडा लगाउन, खानपान ताजा र मनतातो पानी खुवाउन, रुघाखोकीबाट बच्न राति सकभर पङ्खा र एसी नचलाउन तथा रुघाखोकी, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिए नजीकको स्वास्थ्य चौकी अथवा अस्पतालमा उपचार गराउन सुझाव दिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here