राइटर युथद्वारा युनाइटेड पराजित

0

प्रमोद यादव, पचगावाँ, १५ फागुन/
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ मधुवन मथवल वडा कार्यालयको आयोजना र सखुवाप्रसौनी गाउँपालिकाको सहयोगमा जारी तेस्रो गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत शनिवारको खेल राइडर युथ क्लब पर्साले जितेको छ।
राइडर युथ क्लब पर्सा र वीरगंज युनाइटेड पर्साबीच भएको खेलमा वीरगंज युनाइटेडलाई राइडर युथले शून्यको विरुद्ध एक गोल गरी विजयी भएको वडासदस्य पारस महतो थारूले जानकारी गराए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here