प्रदेश प्रमुख झालाई २०५ किलोको माला

0

प्रस, गरूडा, १० फागुन/
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा राजेश झा ‘अहिराज’लाई आफ्नो गाउँमा २०५ किलोको पुष्पमालाले स्वागत गरिएको छ। रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरमा स्थानीय बासिन्दा र नगरपालिकाको कार्यालयले सोमवार प्रदेश प्रमुख झालाई स्वागत गरेका हुन्।
डा झा सुन्दपुरका स्थानीयवासी हुन्। सोही गाउँको गढीमाई मन्दिरमा प्रदेश प्रमुख डा झाले सोमवार दर्शन साथै पूजा आराधना गरेका छन्। उनले आइतवार प्रदेश प्रमुखको कार्यभार सम्हालेका हुन्। गढीमाईको विधिवत् दर्शन तथा पूजा गरेपछि प्रमुख झालाई गढीमाई नगरपालिकाको तर्फबाट २०५ किलोको माला लगाएर स्वागत गरिएको थियो। नगरप्रमुख श्यामप्रसाद यादव तथा प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले प्रदेश प्रमुख झालाई स्वागत गरेका थिए।
आफ्नो जन्मस्थलको स्थानीय सरकार, गाउँका स्थानीयवासी एवं दौंतरी तथा अग्रजहरूले स्वागत सम्मान गर्दा आफूलाई खुशी लागेको डा झाले बताए। आफ्नो शिरमा देश र मनमा मधेस बोकेर काम थालेको बताएका प्रदेश प्रमुख झालाई उद्देश्यमा सफलता प्राप्त हुने विश्वास लागेको नगरप्रमुख यादवले बताए। कार्यभार सम्हालेको दोस्रो दिन गाउँमा पुगेर डा झाले आफ्ना दौंतरी एवं अग्रजहरूलाई भेटेर शुभकामना लिएका हुन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here