निजगढ युवा क्लब ‘ए’ सेमिफाइनलमा प्रवेश

0

प्रस, निजगढ, ९ फागुन/
निजगढमा जारी तेस्रो निजगढ मेयर कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा निजगढ युवा क्लब ‘ए’ प्रवेश गरेको छ।
आइतवार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा बाघभैरव युवा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै निजगढ ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको हो।
निजगढ युवा क्लबको जीतमा खेलको २३औं मिनेटमा समीर कुमरले पहिलो गोल गरे। बाघभैरवमाथि निरन्तर दबाब दिंदै आक्रमण गरिरहेको निजगढ युवा क्लबका समीर तामाङले अर्को दोस्रो गोल ३९औं मिनेटमा गरे।
त्यसको एक मिनेटपछि तामाड्ढै गोलमा निजगढ युवा क्लबले ३–० को अग्रता बनायो। पहिलो हाफमा ३–० ले अघि रहेको निजगढ युवा क्लबले दोस्रो हाफमा गरेका थुप्रै प्रयास सफल हुन सकेन। खेलको ७६औं मिनेटमा बाघभैरवले मैदानको मध्य भागबाट प्राप्त गरेको फ्रिकिकमार्फत मनोज खड्काले पहिलो गोल गरे। पटक–पटकको प्रयास असफल भएपछि १ का विरुद्ध ३ गोलअन्तरले निजगढ युवा क्लब विजयी भयो।
उत्कृष्ट खेल प्रदर्शन गरेबापत म्यान अफ दि म्याच निजगढ युवा क्लबका जन्मजय धामी घोषित भए। सोमवारबाट सेमिफाइनलका खेलहरू हुने प्रतियोगिता आयोजक निजगढ फूटबल क्लबले जनाएको छ। सोमवार हुने पहिलो सेमिफाइनल खेलमा योङ्गस्टार युवा क्लब र सिंगौल फूटबल क्लब ‘ए’ भिड्नेछन्।           
प्रतियोगिताका खेलहरू शहीद हीरालाल रङ्गशालामा भइरहेको छ। प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ४५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन्।।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here