पत्नीको हत्या गरी पति फरार

0

प्रस, पर्सागढी, ९ फागुन/
मदिरासेवन गरी पतिले पत्नीलाई कुटपिट गरेर हत्या गरेको समाचार प्रकाशमा आएको छ।
वीरगंज  महानगर–२९ बसडिलवामा साहेब पटेलले २८ वर्षीया पत्नी रम्भा पटेललाई मदिरासेवन गरी कुटपिट गरेर हत्या गरेको स्थानीयले आरोप लगाएका छन्। हत्यापछि साहेब पटेल र निजका परिवारहरू फरार छन्। मृतक रम्भा पटेलका चार महीना र तीन वर्षका दुईजना छोरा छन्। अहिले उनीहरूको हेरचाह सानीआमाले गर्दै आएकी छिन्। रम्भा पटेलकी बहिनीको घर पनि सोही ठाउँमा रहेकोले बालकहरूको हेरचाह उनले गरिरहेकी छन्।
पत्नीको हत्यापछि साहेब पटेल र उनका आमाबुबासमेत फरार भएको  र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। स्थानीयले साहेब पटेल एकाबिहानैदेखि मदिरासेवन गर्ने र हिजो पनि सोही क्रमलाई दोहो–याउँदै पत्नीसँग झगडा गरेको र घाँटी थिचेर हत्या गरेको बताए। प्रहरी चौकी मिलनचोकले मृतक रम्भा पटेलको शव शल्यपरीक्षणको लागि नारायणी अस्पताल पठाएको र अस्पतालको रिपोर्टपछि हत्याबारेमा जानकारी गराउने बताएको छ। प्रारम्भिक अनुसन्धानमा घरपरिवारका सदस्य र हत्याको आरोपीका दाजुभाइका परिवारसमेत घटनापछि फरार भएकाले हत्याको आशङ्का गरिएको प्रहरीले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here