प्रजातन्त्र दिवसमा २६ जना कैदीबन्दीको कैद मिनहा

0

प्रस, वीरगंज, ८ फगुन/
प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयको सिफारिशमा वीरगंज कारागारका एकजना महिलासहित २६ जना कैदीबन्दीको हिजो कैद मिनहा गरिएको छ।
कारागारभित्र आचरण सुधार गरेका तथा ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरेका २६ जना कैदीबन्दीको कैद मिनहा भएपछि उनीहरू कारागारमुक्त भएको वीरगंज कारागारका प्रमुख किरण थापाले जानकारी दिए।
कारागारमुक्त हुनेमा कर्तव्य ज्यान मुद्दाका १७ जना, बहुविवाहका एकजना, ज्यान मार्ने उद्योगका एकजना र सवारी ज्यान मुद्दाका सातजना गरी २६ जना रहेको वीरगंज कारागारका आन्तरिक प्रशासन प्रमुख तथा नाइके मिश्रीलाल यादवले बताए।
कारागारमुक्त भएकाहरूलाई आज कार्यक्रम आयोजना गरी बिदाइ गरिएको छ। कैद मिनहा हुनेमा वीरगंज कारागारका आन्तरिक प्रशासनका पूर्व नाइके शेख भोलासमेत रहेको कारागार प्रमुख थापाले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here