सिम्रौनगढमा कोरोनाविरुद्ध खोप शुरू

0

प्रस, सिम्रौनगढ, ६ फागुन/
सिम्रौनगढ जनस्वास्थ्य कार्यालयको प्राङ्गणमा बिहीवार कोभिड–१९ विरुद्ध पहिलो चरणको खोप अभियान शुरू भएको छ। बिहान १० देखि साँझ ५ बजेसम्म ३९० जनालाई कोरोनाविरुद्धको खोप दिइएको सिम्रौनगढ नपाका स्वास्थ्य संयोजक राजेन्द्र साहले बताए। आज जनप्रतिनिधि, कर्मचारी, सशस्त्र प्रहरी, जनपद प्रहरीलगायतलाई कोभिशिल्ड खोप दिइएको संयोजक साहले बताए। अभियानमा स्वास्थ्यकर्मी कृष्णकुमार, रत्नकुमार झा, मञ्जुदेवी यादव, बबिता महरा, धीरज साहलगायतले सहयोग गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here