प्रदेश २ का ६ जिल्ला कोरोनामुक्त, डेढ महीनादेखि मृत्यु भएन

0

प्रस, परवानीपुर, ४ फागुन/
विगतमा कोरोना महामारीको हटस्पट बनेको प्रदेश २ कोरोना नियन्त्रणमा सुधारोन्मुख देखिएको छ।
प्रदेश २ का आठ जिल्लामध्ये ६ वटा जिल्ला ग्रीन जोन बनेका छन् भने दुई जिल्ला पर्सा र धनुषामा अहिले पनि ५२ जना सक्रिय कोरोना सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले पछिल्लो डेढ महीनादेखि कोरोनाको कारण कसैको पनि मृत्यु नभएको र दैनिक हुने पिसिआर परीक्ष्Fणमा पनि न्यून मात्रामा कोरोना सङ्क्रमण भेटिने गरेको जानकारी गराए। मङ्गलवार अपराह्न ३ बजेको अपडेट अनुसार पछिल्लो २४ घण्टामा  ८५ वटा नमूना परीक्ष्Fण भएकोमा सबैको नतीजा नेगेटिभ आएको उनले बताए।
प्रादेशिक जनस्वास्थ्य कार्यालय जनकपुरमा २५ र सोही प्रयोगशालामा एन्टिजिनबाट १४, गौर प्रयोगशालामा ३० र नारायणी अस्पताल प्रयोगशालामा १६ गरी ८५ वटा नमूना सबै नतीजा नेगेटिभ आएको उनले जानकारी गराए। हालसम्म प्रदेश २ का ८ जिल्लामा १४ हजार १९३ पुरुष, २ हजार ९९९ महिला गरी कुल १७ हजार १९२ जना सङ्क्रमित भएकोमा सक्रिय सङ्क्रमितबाहेक १३ हजार ९८५ पुरुष, २ हजार ९४६ महिला गरी कुल १६ हजार ९ सय ३१ जना सङ्क्रमित निको भइसकेका छन्। प्रदेश २ का ८ जिल्लामा कोरोना सङ्क्रमणबाट २०९ जनाको मृत्यु भएकोमा त्यसमध्ये एकजना भारतीय पनि छन्।
पर्सामा एकजना भारतीयसहित ५१, बारामा २४, रौतहटमा १०, सर्लाहीमा १४, महोत्तरीमा १८, धनुषामा २५, सिराहामा २५ र सप्तरीमा ४१ जना गरी कुल २०९ जनाको मृत्यु भएको तथ्याङ्क छ। पछिल्लो डेढ महीनादेखि कोरोना सङ्क्रमणबाट मानवीय क्षति नभएको उनले चर्चा गर्दै मृत्यु हुनेमा १६९ पुरुष र ४० जना महिला रहेको जानकारी गराए।
हालको ५२ जना सक्रिय सङ्क्रमितमध्ये पर्सामा २३ र धनुषामा २९ जना रहेका छन् भने बारा, रौतहट, सर्लाही, महोत्तरी, सिराहा र सप्तरी कोरोनामुक्त (ग्रीन जोन) क्षेत्र बनेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here