प्रतिगमनविरुद्ध नेपाली काङ्ग्रेसको विरोध प्रदर्शन

0

प्रस, वीरगंज, ३ फागुन/
प्रतिगमनको विरोधमा नेपाली काङ्ग्रेस, पर्साले सोमवार वीरगंजमा विरोध प्रदर्शन गरेको छ।
ओली सरकारले संसद् विघटन गरी असंवैधानिक र प्रतिगामी कदम चालेको भन्दै अहिले विभिन्न दलले विरोध गर्दै आएका छन्। सोही क्रममा नेपाली काङ्ग्रेसले घण्टाघरमा विरोधसभा गरेको हो।
विरोधसभामा वक्ताहरूले ओली सरकारले चालेको कदम गलत भएको भन्दै संसद् पुनस्र्थापनाको माग गरेका थिए। प्रम ओलीले चालेको कदमबाट देशको भलो नहुने र देश दुरवस्थातर्फ गइरहेको आरोप लगाए।
नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदीको सभापतित्वमा भएको कार्यक्रममा महिला सङ्घकी अध्यक्ष विद्या श्रेष्ठ, महासमिति सदस्य डा कृपासिन्धु चौधरी, राजकृष्ण अमात्यलगायतले मन्तव्य व्यक्त गरेका थिए।
विरोधसभामा केन्द्रीय सदस्य अजय चौरसिया, सुरेन्द्र चौधरी, अनिल रूँगटा, प्रदेशसभा सदस्य राजेश्वर साह, ओमप्रकाश शर्मा, रामेश्वर रौनियारलगायतको सहभागिता थियो।
यसैबीच, नेपाली काङ्ग्रेसको भेला सम्पन्न भएको छ। भेलाले सङ्गठन विस्तार गरेको छ। सङ्गठन विभागको प्रमुखमा दिनाप्रसाद गुप्तालगायत १४ सदस्यीय समिति गठन गरिएको जिल्ला सचिव श्याम पटेलले जानकारी दिए।
प्रस, रौतहट/
नेपाली काङ्ग्रेस रौतहटले सोमवार सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको छ।
संसद् विघटनविरुद्ध गरिएको विरोध प्रदर्शनमा वक्ताहरूले संसद् विघटन असंवैधानिक तथा अलोकतान्त्रिक कदम भएको बताउँदै संसद् पुनस्र्थापनाको माग गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here