दोस्रो चरणको खोप अभियान शुरू, खोप आइपुगेन

0

प्रस, वीरगंज, २ फागुन/
पहिलो चरणको कोरोनाविरुद्धको खोप समाप्त भएको एक सातापछि आज आइतवारदेखि दोस्रो चरणको खोप शुरू भएको छ।
पर्सा जिल्लामा दोस्रो चरणको खोप आइतवारदेखि शुरू भएको र पहिलो दिन सञ्चारकर्मी, सरकारी बैंकका कर्मचारी गरी १०७ जनाले खोप लिएको स्वास्थ्य कार्यालय, पर्साका प्रमुख कामेश्वर चौरसियाले बताए। नारायणी अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ।
खोप आएन
दोस्रो चरणको कोरोनाविरुद्धको खोप आइतवारदेखि पर्सा जिल्लामा सञ्चालन भएपनि खोप आएको छैन। पहिलो दिनको खोप पहिलो चरणको बाँकी खोपबाट दिइएको प्रमुख चौरसियाले बताए। पहिलो चरणमा बाँकी रहेको ३३ फाइल खोप पर्सा जिल्लामा थियो। यसबाट ३३० जनाले खोप लिन सक्छन्। सोमवार बिहानसम्म खोप आइपुग्ने प्रमुख चौरसियाले बताए।
पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स, शववाहन चालक, शव व्यवस्थापनमा खटिएका कर्मचारी, भन्सार कर्मचारी, कैदीबन्दी, वृद्धाश्रमका आश्रितहरूलाई खोप दिइएको थियो भने दोस्रो चरणको खोप सञ्चारकर्मी, बैंकर्स, जनप्रतिनिधि, सरकारी तथा संस्थानका कर्मचारीलाई दिने नीति छ। खोप अभावले आज सरकारी बैंकका कर्मचारी र पत्रकारहरूलFई मात्र खोप दिइएको थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here