ब्याट्री चोरी गर्ने र खरीद गर्ने पक्राउ

0

प्रस, वीरगंज, २९ माघ/
जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो सवारीसाधनको ब्याट्री चोरी गर्ने र चोरीको ब्याट्री खरीद गर्ने दुवैजनालाई पक्राउ गरेको छ।
बुधवार राति साढे ११ बजे वीरगंज महानगर–१५ प्रतिमा चोकमा पार्किङ गरिएको ना.३ख ९३५७ नं. को ट्रकबाट ब्याट्री चोरी गरी ना.२ह ५९०७ नं.को गाडीमा लोड गर्ने क्रममा प्रहरीले रङ्गेहात चोरलाई पक्रेको थियो।
भेडियाही निवासी ३० वर्षीय नीरज सिंहलाई ब्याट्रीसहित पक्राउ गरेको प्रहरीले निजको बयानको आधारमा चोरीको ब्याट्री खरीद गर्ने वीरगंज महानगर–८ पानीट्याङ्की निवासी ४१ वर्षीय मनीषकुमार रौनियारलाई पनि पक्राउ गरेको छ।
बिहान चोरको बयानको आधारमा रौनियारको घरमा छापामारी गर्दा विभिन्न समयमा चोरी गरिएका २४ वटा ब्याट्री बरामद भएको थियो।
वीरगंज बसपार्क क्षेत्र र बाइपास रोडमा पार्किङ गरिएका सवारीहरूका ब्याट्री चोरी गर्ने क्रम पछिल्लो समयमा बढेको छ।
ब्याट्री चोरीको उजूरी परेपछि प्रहरी चनाखो भएको थियो। आज पक्राउ परेका दुवैजनाविरुद्ध चोरी ऐन मुद्दामा कारबाई अगाडि बढाएको पर्सा प्रहरीका प्रवक्ता मनोजीत कँुवरले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here