काफलामा जानेहरूलाई बिदाइ

0

प्रस, वीरगंज, २७ माघ/
प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले वीरगंज महानगरपालिका–१ बजार छपकैयाबाट काफलामा जानेहरूलाई मङ्गलवार बिदाइ गरेका छन्।
नेपाली काँवरियाहरू करीब दुई सयजनालाई आज प्रदेशसभा सदस्य कुर्मी, सशस्त्र प्रहरी र भारतीय एसएसबीले बिदाइ गरेको हो। प्रत्येक वर्ष भाकल पूरा गर्नका लागि हजारौंको सङ्ख्यामा पर्सा जिल्लाबाट काफ्लामा काँवरियाहरू जाने गरेका छन्। तर यसपटक कोरोनाको कारण काफलामा जानेहरूको सङ्ख्या निकै पातलिएको छ। लकडाउन, निषेधाज्ञा, सीमा सिल र भारतमा कोरोना सङ्क्रमितहरू बढेको समाचारसँगै यस वर्ष काफलामा जानै पर्ने भाकल गरेकाहरू मात्र सहभागी भएका छन्।
आज श्रीसिया नाका भएर भारतको अरेराज काँवर लिएर हिंडेको काफलालाई अबिर र माला लगाएर प्रदेशसभा सदस्य कुर्मीले बिदाइ गरेका थिए। काफलालाई बिदाई गर्न नेपालतर्फका सशस्त्र प्रहरी र भारततर्फका (सशस्त्र सुरक्षा बल) एसएसबी पनि सहभागी थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here