नबुझिएको कुरा

0

देशमा जबजब राजनीतिक अस्थिरता उत्पन्न हुन्छ, सत्ता जोगाउने खेल चरममा पुग्छ। सत्ताका लागि दलीय चरित्र, समूहगत मान्यता, राजनीतिक सिद्धान्त सबैलाई तिलाञ्जलि दिइन्छ। राजनीतिक तरलताको अवस्था आउने सुइँको पाउनेबित्तिकै देशमा चारैतिर ऐंजेरू पलाउन थाल्छ।  कतिसम्म भने स्थायी सरकार भनिने निकाय पनि किंकर्तव्यविमूढ बन्न पुग्छ। जबकि यस्तो बेला स्थायी सरकार भनिने कर्मचारीतन्त्र बढी तदारुक, सजग र सतर्क हुनुपर्ने हो। धेरै देश, जहाँ कुनै समय तीनतीन महीनामा सरकार परिवर्तन हुन्थ्यो, त्यहाँको कर्मचारीतन्त्र कहिले पनि दिग्भमित हुँदैनथ्यो। जापानको कुरा गरौं, इजरायलको वा प्रजातन्त्रको जननी बेलायतकै कुरा गरौं। सत्ता धर्मराएको बेला कर्मचारीतन्त्र झन् सजग र सतर्क हुन्थ्यो। पत्तै चल्दैनथ्यो ती मुलुकमा राजनीतिक घम्साघम्सी छ, सत्ता फितलो छ। जतिसुकै राजनीतिक अस्थिरता किन नहोस्, कर्मचारीतन्त्रले सुशासन किञ्चित तलमाथि हुन दिंदैनथ्यो। सत्ता वा सरकार बन्ने–बिग्रने, दलहरूको सत्ता प्राप्त गर्ने, निर्वाचन वा अविश्वास, राजनीतिक गठजोड वा सत्ता समीकरण जति हुन्थे नागरिक जीवन नखलबलिनेगरी हुन्थे।
नेपालमा सत्ताका लागि सङ्घर्ष चलिरहेको बेला, अर्को निर्मलाकाण्ड हुन पुगेको छ। बितेको हप्ता बैतडी जिल्लामा १२ कक्षामा अध्ययनरत १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। यस्ता घटना कर्मचारीतन्त्रको जिम्मेवारीप्रति उदासीनताले हुने गर्दछ। हुनत नेपालमा सत्ता सङ्घर्ष चलिरहेको बेला मात्र होइन, सहकालमा पनि यस्ता निर्मम घटना भएका छन्। निर्मला पन्तको बलात्कार र हत्या देशको इतिहासमैं सबल र बहुमतप्राप्त सरकारले शासन गरिरहेको बेला भएको थियो। आजसम्म पीडितले न्याय पाउन सकेको छैन भने दोषी पत्ता लगाउन प्रहरी असफल साबित भएको छ। सरकार र कर्मचारीको यसमा प्रत्यक्ष्F दोष देखिन्छ भने नागरिक समाज पनि कम दोषी छैन। सबैलाई राजनीतिकै चासो छ। नागरिक समाजलाई सत्ता–सङ्घर्षमा निष्पक्षताको खाँचो छैन, जसरी पनि आफू पक्ष्Fीय वा बेलामा काम लाग्ने पक्ष्Fको विजय होस् भन्ने चाहना हुन्छ। दुई पक्ष्Fको विवादमा कुनै पनि पक्ष्F चोखो हुँदैन। तर नागरिक समाज यस्तो बेला कसको पक्ष लिंदा परोक्ष लाभ र प्रत्यक्ष्F प्रशंसाको भागी हुइन्छ, त्यसको खोजीमा लाग्दछ। र हाम्रो मानसिकता नै बनेको छ–आलोचनाभन्दा ठूलो प्रशंसनीय काम केही होइन। जति सक्ष्Fम, शक्तिशालीको विरोध गरिन्छ, प्रशंसा त्यति बढी पाइन्छ।
राजा महेन्द्रले भनेका थिए–बहुदलीय व्यवस्था नेपालमा फाप्दैन। यो कुरा उनले २०१७ सालमा बहुमत प्राप्त नेपाली काङ्ग्रेसको सरकार अपदस्थ गर्दा भनेका थिए। त्यसैले उनको भनाइ आफ्नो कदमको सफाइको क्रममा भनिएको मान्न सकिन्छ। तर अहिले कोही राजा छैन, सर्वशक्तिमान कोही छैन। तर पनि बहुदलको राँको उठिरहेको, एउटै दलको बहुमत भएको बेला नै नेपालमा किन राजनीतिक अस्थिरता उत्पन्न हुन्छ ? कुन शक्तिले यस्तो वितण्डा खडा गरिदिने गर्दछ ? यसको खोजखबर न राजनीतिक दलहरूले गरेका हुन्छन्, न नागरिक समाजले, न देश र नागरिकलाई आफ्नो बुद्धिकौशलले कायल बनाएको आत्मरतिमा मग्न बुद्धिजीवीहरूले नै।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here