भटमास लोड कन्टेनर शिवम् पोल्ट्रीमा फेला

0

प्रस, पोखरिया, २५ माघ/
बाराको चैनपुरस्थित चावासती ओसिडी फूड उद्योगअगाडि पार्किङ गरेको अवस्थामा चोरी भएको २४ मेट्रिकटन भटमास लोड भएको कन्टेनर आइतवार बिहान पर्सा जिल्लाको विन्ध्यवासिनी गाउँपालिकाको गर्दौलस्थित शिवम् पोल्ट्रीबाट फेला परेको छ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक नवराज कार्कीले विन्ध्यवासिनी गापा–२ गर्दौलस्थित शिवम् पोल्ट्रीअगाडि बेवारिसे अवस्थामा ना.२ख ४७९ नं को कन्टेनर फेला परेको र सोमा रहेको २४ मेट्रिकटन भटमास शिवम् पोल्ट्रीबाट बरामद भएको बताए। उनले प्रारम्भिक अनुसन्धानमा सो भटमास जानकारी नगराएर शिवम् पोल्ट्रीमा राखिएको बताए।
२४ मेट्रिकटन भटमास शिवम् पोल्ट्रीबाट बरामद हुनुले सो काण्डमा पोल्ट्री फर्मको संलग्नता देखिएको छ। तर प्रहरीले पोल्ट्री फर्मलाई यो घटनामा जोगाउन खोजेको स्रोतको दाबी छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here