जसपाले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलायो

0

प्रस, वीरगंज, २५ माघ/
जनता समाजवादी पार्टी पर्साले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको छ। संसद् विघटनको विरोधमा आन्दोलनरत सो पार्टीको पर्सा शाखाले आइतवार घण्टाघरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको सचिव तबरेज अहमदले बताए। पुतला दहन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो र सो क्रममा सामान्य झडपमा जसपाका कार्यकर्ता सामान्य घाइते भएको सचिव अहमदले बताए।
पुतला दहनपछि आयोजित कोणसभामा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, मञ्जुर अन्सारी, जन्नत अन्सारी, करिमा बेगम, भीमा यादव, जिसस पर्साका सभापति नेकमहम्मद अन्सारी, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, केन्द्रीय सदस्य फिरोज मन्सुर, रम्भा मिश्र, पकाहामैनपुर गापाका अध्यक्ष्F विजयकुमार चौरसिया, सखुवाप्रसौनीका प्रदीप जैसवाल, वीरगंज महानगरका अध्यक्ष्F ईश्वरचन्द्र यादवलगायतले संसद् विघटनविरुद्धमा मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले संसद् विघटन संविधानविपरीत भएको भन्दै सो निर्णय फिर्ता लिएर संसद् पुनस्र्थापनाको माग गरे। कार्यक्रम जसपा पर्साका जगदीश पटेलको अध्यक्ष्Fतामा भएको थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here