बालिका हत्याकाण्डमा एकजना थानाध्यक्ष निलम्बित

0

राजेश केशरीवाल, रक्सौल, २५ माघ/
भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको कुण्डवाचैनपुर थानामा गत जनवरी २१ तारिखका दिन १२ वर्षीय बालिकाको सामूहिक बलात्कारपछि हत्याकाण्डमा एकजना थानाध्यक्ष निलम्बनमा परेका छन्।
नेपाल निवासी कुण्डवाचैनपुरमा चिया बेच्दै आएका एकजना व्यक्तिका १२ वर्षीया छोरीको सामूहिक बलात्कारपछि हत्या सम्बन्धमा थानाध्यक्ष सञ्जयकुमार रञ्जनले घटना लुकाउन खोजेको भन्दै उनलाई निलम्बन गरिएको हो। सिकरहनाका डिएसपी सिवेन्द्रकुमार अनुभवीले घटनाबारे छानबिन गराएपछि घटनामा दोषी थानाध्यक्ष रञ्जनलाई निलम्बन गरिएको थियो। घटनाबारे पूर्वी चम्पारणका एसपी नवीनचन्द्र झाले  विज्ञप्ति जारी गरी बालिकाको बलात्कारपछि हत्या भएको सम्बन्धमा उनका पिताले दिएको निवेदन दर्ता गरिएको र थानाध्यक्षलाई निलम्बन गरिएको बताएका छन्।
१२ वर्षीया बालिकाको चारजनाले सामूहिक बलात्कार गरी हत्या गरेका थिए। बुबा चिया बेच्न गएको आमा नेपालमा घर आएको र भाइ घरमा नभएको बेलामा उक्त दिन बालिकासँग सामूहिक बलात्कार गरिएको थियो। सो घटनामा थानFध्यक्ष रञ्जनले बालिका चीसोले मरेको भनी मुद्दा दर्ता गर्न नमानेको र पीडितहरूलाई नेपाल फर्कन दबाब दिएको अनुसन्धानबाट बुझिन आएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here