महोत्तरीमा दुई शहीदको सालिक चोरी

0

प्रस, महोत्तरी, २२ माघ/
महोत्तरी जिल्लामा जलेश्वर–जनकपुर सडकखण्ड अन्तर्गत परिकौली चोकमा मधेस आन्दोलनका दुईजना शहीदको स्थापित सालिक हिजो राति चोरी भएको छ।
२०७२/७३ को मधेस आन्दोलनमा महोत्तरी जिल्लामा प्रहरीको गोली लागेर शहीद भएका जलेश्वर नगरपालिका–९ का राजेश ठाकुर र वडा नं ११ का वीरेन्द्र बिच्छाको सालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
वडा नं ९ र ११ को संयुक्त चोक परिकौली चोकमा ५–७ फिट अग्लो खम्बामाथि राखिएको दुवै शहीदको सालिक आज बिहान हेर्दा सो स्थानमा नरहेको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादवले बताए। हिजो राति ११–१२ बजेसम्म सालिक चोकमैं रहेको स्थानीयवासीले बताएको वडाध्यक्ष यादवले जिकिर गरे। उनले स्थानीय हुल्याहाहरूले सालिक चोरी गरेको आशङ्का व्यक्त गरे।
आज बिहानदेखि प्रहरी टोली खटाएर दुवै शहीदका सालिकको व्यापकरूपमा खोजतलाश भइरहेको जिप्रका महोत्तरीले जनाएको छ। महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले र सालिक चोरहरूको व्यापक खोजतलाश भइरहेको बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here