अपाङ्गलाई ह्वील चेयर प्रदान

0


प्रस, सर्लाही, १८ माघ/
    चार वर्षदेखि हिंड्डुल गर्न नसकी थला परेका लालबाबू भुजेललाई ह्वील चेयर प्रदान गरिएको छ। जिल्लाको ईश्वरपुर नगरपालिका–४ बस्ने भुजेललाई लायन्स क्लब अफ लालबन्दी सिटीले ह्वील चेयर उपलब्ध गराएको हो।         क्लबका पदाधिकारीहरू शनिवार भुजेलको घरमैं पुगेर ह्वील चेयर हस्तान्तरण गरिएको क्लबका अध्यक्ष राजकुमार न्यौपानेले आइतवार सञ्चारकर्मीलाई जानकारी गराएका हुन् । क्लबले यसअघि लालबन्दी नगरपालिकाभित्रका अशक्त, अपाङ्गता भएकाहरूलाई पनि विभिन्न सामग्री प्रदान गर्दै आएको थियो। दुवै खुट्टा नचल्ने र आर्थिक अवस्था नाजुक रहेका भुजेललाई सोही कार्यक्रममा ईश्वरपुर नागरिक अगुवा रुस्तम मिकरानीले दुई हजार रुपैयाँ नगदसमेत प्रदान गरेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here