सहयोग मञ्चको साधारणसभा सम्पन्न

0


प्रस, वीरगंज, १७ माघ/
    नेपाल–भारत सहयोग मञ्चको केन्द्रीय नेतृत्वमा उद्योगपति अशोक बैद निर्वाचित भएका छन्। शनिवार वीरगंजमा सम्पन्न साधारणसभाबाट १८ सदस्यीय कार्यसमिति गठन गरिएको छ। कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष सत्यनारायण क्याल, उपाध्यक्ष गोपाल केडिया, महासचिव बालमुकुन्द खरेल, सचिव सुबोधकुमार गुप्ता र कोषाध्यक्षमा विनोदकुमार चौधरी रहेका छन्।
    सभाका प्रमुख अतिथि उद्योगपति  बाबुलाल चाचानले मञ्चका सदस्यद्वय गोपाल केडिया र सुबोधकुमार गुप्ता नेपाल उद्योग वाणिज्य सङ्घको केन्द्रीय नेतृत्वमा छनोट भएकोमा दोसल्ला ओढाएर सम्मान गरेका थिए।
    नवनिर्वाचित अध्यक्ष अशोक बैदले यो वर्ष मञ्चको रजत महोत्सव मनाइने हुनाले जनसम्बन्धलाई प्रगाढ बनाउन विभिन्न कार्यक्रम गरिने जानकारी दिए। उनले मञ्चमार्फत भारतीय सहयोगलाई यस क्षेत्रको विकासमा लक्षित गर्न प्रयत्नशील रहेको बताए। मञ्चले दुवै मुलुकका नागरिकमाझ संवादका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here