बालुवाभित्र लुकाएको काठसहित ट्याक्टर बरामद

0

प्रस, पर्सागढी, १६ माघ/
सबडिभिजन वन कार्यालय सबैया र सबैया साझेदारी वनको संयुक्त टोलीले पर्सागढी नगरपालिका–४ बर्वाटाँडीबाट ठूलो परिमाणमा सालको गोलियासहित ट्याक्टर बरामद गरेको छ।
सशस्त्र प्रहरी बेस क्याम्प सोलखपुरको सहयोगमा बालुवा लोड ट्याक्टरमा लुकाइछिपाइ राखिएको ४२ क्युफिट गोलिया बरामद गरिएको सबैया साझेदारी वनका अध्यक्ष लखनलाल साहले बताए।
सबडिभिजन वन कार्यालय सबैयाका फरेस्टर पुरुषोत्तम पटेलले बर्वाटाँडी चोकमा रहेको ना.१त २८७४ नम्बरको बालुवा लोड ट्याक्टरमा ४२ क्युफिट तीन थान सालको गोलिया लुकाइराखेको अवस्थामा बरामद भएको बताए। उनले ट्याक्टर चालक फरार रहेको र ट्याक्टरको वैधानिकता खोजी  भइरहेको बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here