पेन्टरको पेशा सङ्कटमा परेको भन्दै ज्ञापन

0

प्रस, वीरगंज, १२ माघ/
जिफन्ट वीरगंज महानगर कमिटीले पेन्टरहरूको पेशा सङ्कटमा परेको भन्दै ज्ञापनपत्र बुझाएको छ। जिफन्टको प्रतिनिधिमण्डलले सोमवार जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगंज महानगरपालिकाको कार्यालय, वीरगंज उद्योग वाणिज्य सङ्घ पुगी ज्ञापनपत्र बुझाएको हो।  
महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र राखिएको विज्ञापन सामग्रीमा  कर तोकेर कडाइ गरेपछि श्रम गरी खाने पेन्टर, आटर््स, फ्लेक्स प्रिन्टमा संलग्न श्रमिकहरूको रोजगार सङ्कटमा परेको विज्ञप्तिमा उल्लेख छ। श्रमजीवी वर्गको गाँस, वास, कपासमा समस्या पुग्ने महानगरको श्रमिक विरोधी निर्णय तत्काल फिर्ता गर्न जिफन्टले आग्रह गरेको छ।
यस सम्बन्धमा सम्बद्ध निकायका अधिकारीहरूले युनियनले उठाएको समस्या समाधान गर्न सकभर प्रयास गर्ने आश्वासन दिएको ज्ञापनपत्र बुझाउन गएका श्रमिक प्रतिनिधिहरूले बताएका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here