समर्पणद्वारा वृद्धवृद्धालाई कम्बल वितरण

0

प्रस, परवानीपुर, १० माघ/
समर्पण सेवा संस्था वीरगंजले सुखवाप्रसौनी गाउँपालिकाका विपन्न वृद्धवृद्धाहरूलाई न्यानो कम्बल वितरण गरेको छ।
स्वास्थ्य चौकी महुवन परिसरमा बिहान ९ देखि ११ बजेसम्म आयोजित कम्लब वितरण कार्यक्रममा सखुवाप्रसौनी गाउँपालिकाका करीब सयजना दलित, विपन्न वृद्धवृद्धाहरूलाई कम्बल वितरण गरिएको थियो। ज्येष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष जगदीशप्रसाद शर्माको सक्रियतामा उक्त कम्बल वितरण गरिएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साको विपद् व्यवस्थापन समितिले ज्येष्ठ नागरिकहरूलाई कम्बल, हाइनेक, टोपीलगायत बाँड्न ढिलाइ गरेपछि समर्पण सेवा संस्थाको सहयोगमा कम्बल बाँडिएको हो। सुखवाप्रसौनी गाउँपालिका अन्तर्गतको लखनपुर, बलुवा, एकडार्वा र महुवन गाउँका अति विपन्न दलित समुदायका डोम, चमार, दुसाद र मुस्लिम परिवारले कम्बल पाएका छन्।
कम्बल वितरण कार्यक्रममा स्थानीय सञ्चारकर्मी चिरञ्जीवी यादवले सहजीकरण गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here