सशस्त्र प्रहरीको भवन शिलान्यास तथा मन्दिरको सरसफाइ

0

प्रस, ठोरी, ८ माघ/
२०औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसर पारी ठोरी गाउँपालिका वडा नं २ को ठुटेखोला पुलको पश्चिमपट्टि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टको लागि भवनको शिलान्यास गरिएको छ।
१३ नं गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले उक्त भवनको शिलान्यास गरेका हुन्। कार्यक्रममा सप्रउ खड्काले सीमा सुरक्षामा कडाइ गर्न बिओपी ठोरीलाई निर्देशनसमेत दिए। काठमाडौंको उँm बुद्ध कन्स्ट्रक्शनले रु ८७ लाखमा ठेक्का सकार गरी निर्माण कार्य शुरू गरेको छ।
आगामी वैशाखसम्म निर्माण कार्य सम्पन्न ठेकेदार कम्पनीका प्रतिनिधि टीकाराम अधिकारीले जानकारी दिए। कार्यक्रममा ठोरी २ का अध्यक्ष किशोर तामाङ, निर्मल–ठोरी उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतलगायत स्थानीयको सहभागिता रहेको बिओपी ठोरीका सप्रनि शङ्कर कोइरालाले जानकारी दिए।
यसैगरी, सो अवसरमा बिओपी ठोरीले गौतमनगरमा रहेको सिद्धेश्वर महादेव मन्दिर परिसरको सरसफाइ गरेको छ।
सप्रनि कोइराला नेतृत्वको सशस्त्र प्रहरीहरूले उक्त मन्दिरको सरसफाइ गरेको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here