ऐलानी जग्गामा कृषिबजार बनाउनुपर्ने स्थानीयको माग

0

प्रस, परवानीपुर, ६ माघ/
वीरगंज महानगरपालिका वडा नं २१ लिपनीबिर्ताका सचेत युवाहरूको समूहले परवानीपुरमा कृषि बजार निर्माण सम्बन्धमा सहयोग गर्ने बताएका छन्। उनीहरूले बजार निर्माण कार्यमा समर्थन जनाउँदै वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगंज महानगरपालिकामा समेत बजार निर्माणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
लिपनीबिर्ताका युवा सञ्जय मण्डलले वडा नं २१ का अध्यक्ष्F हबिब मियाँलाई ज्ञापनपत्र बुझाएका छन् भने सोही युवा समूहका अर्का अगुवा त्रिलोकी कुशवाहा नेतृत्वको टोलीले पर्साका प्रजिअ आसमान तामाङलाई ज्ञापनपत्र बुझाएको थियो। त्यसैगरी, सोही युवा समूहको अनिल यादव नेतृत्वको टोलीले वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको थियो। बारा, पर्सा क्ष्Fेत्रमा आधुनिक कृषि बजार निर्माण भएपछि यस भेगका किसानहरू लाभान्वित हुने युवाहरूको समूहले बताएको छ। ७० करोड रुपैयाँको लागतमा निर्माण हुने आधुनिक कृषि बजारको लागि स्वास्थ्य चौकी परवानीपुरदेखि वीरगंज खाद्य उद्योग सम्मको करीब चार बिघा सार्वजनिक जग्गा खाली गराउनुपर्ने युवाहरूको माग रहेको छ।
यसअघि वीरगंज महानगरपालिकाको सहयोगमा वडा कार्यालयले दलित परिवारका १२ वटा घर भत्काएपछि घरबारविहीन दलितहरूले पुनर्वासको माग गरिरहेका छन्।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here