यतिले सिमराबाट शुरू ग–यो माउन्टेन फ्लाइट

0

प्रस, परवानीपुर, २४ पुस/
नेपालकै पुरानो एयरलाइन्स कम्पनी यति एयरलाइन्सले गत डिसेम्बर १२ देखि सिमराबाट माउन्टेन फ्लाइट शुरू गरेको छ। ३० सिटे जे–४१ ब्रिटिश जहाजबाट यतिले माउन्टेन उडान सेवा प्रारम्भ गरेको यति एयरलाइन्स सिमरा शाखाका प्रमुख सुवास सापकोटाले जानकारी गराए।
आन्तरिक र भारतीय पर्यटकलाई लक्षित गरी सिमराबाट माउन्टेन फ्लाइट शुरू गरिएको उनले बताए। माउन्टेन फ्लाइटमा एकपटकमा २६ जनाले यात्रा गर्न सक्छन्। सो उडानमा प्रतिव्यक्ति ९ हजार ५ सय रुपैयाँ पर्ने सापकोटाले बताए। हालसम्म सिमराबाट दुईवटा माउन्टेन फ्लाइट भइसकेको र खराब मौसमको कारण दुईवटा बुकिङ रद्द भएकोसमेत उनले बताए।
उनले नेपाल–भारत सीमा खुले मात्र माउन्टेन फ्लाइटको लागि अनुकूल वातावरण बन्ने बताए। “चाँडै नेपाली र भारतीय पर्यटकको लागि शुल्क निर्धारण गरी अनलाइन बुकिङ प्रक्रियामा जाँदैछौं,” उनले भने, “यसरी गरियो भने स्वदेशी पर्यटकलाई शुल्कमा केही सस्तो पर्छ र २६ जनाको समूह खोज्नुपर्ने बाध्यता पनि हट्छ।”
भारतीय पर्यटकहरू आउन थालेपछि उनीहरूले ६ हजार भारुमैं माउन्टेन फ्लाइटको मज्जा लिन सक्नेछन्। बिहान ९ बजे उडेर सवा १० बजे सिमरामा अवतरण हुन्छ। त्यसपछि सिमरा, पथलैया, अमलेखगंज,  जनकपुर, सौराहामा गएर एक रात बिताउन सक्ने माहोल तयार हुने सापकोटाले बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here