तोकेभन्दा बढी सिट राख्ने ईरिक्शा, टेम्पोमाथि कारबाई

0

प्रस, वीरगंज, २१ पुस/
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकामा सञ्चालित ईरिक्शा, टेम्पोमा तोकिएभन्दा बढी सिट राखेर सञ्चालन गर्नेविरुद्ध अभियान शुरू गरेको छ।
अभियान अन्तर्गत मङ्गलवार ५० भन्दा बढी ईरिक्शा, टेम्पो कारबाईमा परेको ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीले बताए।
ईरिक्शा, टेम्पोमा यातायात कार्यालयले तोकेभन्दा बढी सिट राखेर यात्रु राख्दै आएकाहरूलाई आज बढी सिट हटाउन लगाएको उनले बताए। थप सिट हटाउन मिल्नेहरूले हटाएको र फिक्स गरेकाहरूको सिट काटेर ट्राफिकले नियन्त्रणमा राखेको प्रनि कार्कीले बताए।
उनले ट्राफिक जनशक्तिले भ्याएसम्मको सुधारका कामहरू शुरू गरेको बताए। यसअघि वर्जित ठाउँमा पार्किङविरुद्ध अभियान चलाएको र त्यसलाई निरन्तरता दिंदै साताव्यापीरूपमा चलाउने बताए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here