बर्दिबासमा खुल्यो ३५ करोडको होटल नब्या

0

प्रस, परवानीपुर, २० पुस/
प्रदेश २ को मध्यबिन्दुमा पर्ने महोत्तरी जिल्लाको बर्दिवास बजारमा रु ३५ करोडको लगानीमा निर्माण भएको होटल सञ्चालनमा आउने तरखरमा छ। डोकानिया समूहका सुधीर अग्रवाल, हुलास अग्रवाललगायत तीनजनाको संयुक्त लगानीमा ४० वटा कोठासहितको होटल नाव्य प्रालिको काम सम्पन्न भई आगामी माघ १ गतेदेखि सञ्चालन हुने कार्यक्रम तय भएको छ। बर्दिवासस्थित गौतम होटलभन्दा ३ किलोमिटर पश्चिम पूर्व–पश्चिम राजमार्गदेखि ३ सय मिटर उत्तरमा यो होटल अवस्थित छ।
प्रदेश २ कै सुविधासम्पन्न यो होटल एक बिघा क्षेत्रफलमा फरक शैलीमा निर्माण गरिएको होटलका सञ्चालक सुधीर अग्रवालले बताए। “प्रदेश २ मा एउटा गुणस्तरीय होटल स्थापना गर्ने सपना थियो,” उनले भने,ं “१ जनवरीदेखि नै होटलको ‘सफ्ट ओपेनिङ’ गर्ने तयारी भए तापनि माघ १ गतेदेखि पूर्णरूपमा सञ्चालन हुनेछ।” होटलमा ६२ जना कर्मचारीले रोजगार पाएका छन्।
सञ्चालक अग्रवालका अनुसार होटलमा १५ वटा डिलक्स, १५ वटा एक्जेक्यूटिभ, ५ वटा स्वीट र ५ वटा रेजिडेन्सियल गरी ४० वटा आरामदायी कोठा छन्। कोठाको दर एक दिनको रु ६ हजार रहे तापनि सुरुआती चरणमा पर्यटक तान्न ५० प्रतिशत छुट दिइएको  छ। होटल परिसरमा चारवटा स्विमिङ पुल बनाइएको छ। जसमध्ये एउटा चिल्ड्रेन पुल, अर्काे पब्लिक स्विमिङ पुल र दुईवटा स्विमिङ पुल भने प्राइभेट स्वीट रूममा रहनेछ।
होटलले हरेक किसिमको पर्यटकका लागि तीनवटा किचेन छुट्टाछुट्टै राखेको छ। उक्त होटलमा शाकाहारी, मांसाहारी र जैन धर्मका लागि तीनवटा छुट्टै किचेन छन्।
यसबाहेक बालबालिकाको मनोरञ्जनका लागि चिल्ड्रेन फन पार्कसमेत छ। होटलका अपरेशन हेड सुदर्शन काफ्लेले होटलमा दुर्ईवटा हल पनि बनाइएको छ। ३ सयजना अट्ने कन्पे्रmन्स हल र २ हजारजना अट्ने बेंक्योट हलसमेत निर्माण गरिएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here