पर्सा बारको निर्वाचन सम्पन्न, उपाध्यक्षमा अजयकुमार श्रीवास्तव विजयी

0

प्रस, परवानीपुर, १८ पुस/

पर्सा जिल्ला अदालत बार एशोसिएशनको शनिवार सम्पन्न निर्वाचनमा उपाध्यक्ष अजयकुमार श्रीवास्तव, सचिव राकेशकुमार मल्लिक र कोषाध्यक्षमा सुनीलकुमार यादव विजयी भएको प्रमुख निर्वाचन अधिकृत जीतेन्द्रप्रसाद कुर्मीले बताए।

पर्सा बारको अध्यक्ष्Fमा ओमप्रकाश गुप्ता निर्विरोध निर्वाचित भइसकेका छन्। अध्यक्ष्F पदका अर्का उम्मेदवार कमलमोहन पोखरेलले उम्मेदवारी फिर्ता लिएपछि अध्यक्ष पदमा गुप्ता निर्विरोध भएका थिए।

यसैगरी, सहसचिवमा प्रतिमाकुमारी चौरसिया र कार्यसमिति सदस्य १३ जना पनि निर्विरोध निर्वाचित भइसकेका छन्। ११६ सदस्य रहेको पर्सा बारको आज शनिवार सम्पन्न निर्वाचनमा १०१ जनाले मतदान गरेका थिए। एक सातापछि निर्वाचित पदाधिकारी एवं सदस्यहरूको शपथग्रहण हुने बताइएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here