दुई स्थानमा १२ जना महिलासहित ७९ जनाद्वारा रक्तदान

106

प्रस, वीरगंज, ११ पुस/
रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएपछि शनिवार दुईवटा संस्थाले आकस्मिक रक्तदान गरेका छन्।
चित्रगुप्त समिति वीरगंजमा चित्रांश युवा समिति र ओसिस बोर्डिङ स्कूलमा नेवा पुचः श्रीपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा १२ जना महिलासहित ७९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख उदयराज शर्माले बताए।
चित्रांश युवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ११ जना महिलासहित ५८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए। कार्यक्रममा रितिक श्रीवास्तव, रश्मी कायस्थ, राहुल श्रीवास्तव, मीना चौरसिया, मिनु मानन्धर, रोहित विक्रम टनटन, वैकुण्ठ श्रीवास्तव, रतन सर्राफ, लिसा कर्ण, प्रतिभा कर्ण, साक्षी श्रीवास्तव, स्वेता सिंह, अदीति सिंह, –यान कायस्थ, सुमित आनन्द, प्रबल खड्का, चन्दन श्रीवास्तव, खुश्बु यादव, नीलम कर्ण, सुस्मिता श्रीवास्तव, सोनु कलवारलगायतले रक्तदान गरेको चित्रांश युवा समितिका अध्यक्ष राजन श्रीवास्तवले बताए। रक्तदान कार्यक्रमको उद्घाटन नगरप्रमुख विजयकुमार सरावगीले गरेका थिए। कार्यक्रममा  चित्रगुप्त समितिका अध्यक्ष महेश दास, नेपाल नेत्रज्योति सङ्घका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, प्रहरी उपरीक्षक गङ्गा पन्त, नेका पर्साका सभापति अजयकुमार द्विवेदीलगायतको सहभागिता थियो।
यसैगरी, नेवा पुचः श्रीपुरले ओसिस बोर्डिङ स्कूलमा आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित २८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए।
कार्यक्रममा स्वेता साह, बृजकिशोर साह, सरोज चौधरी, अमन जोशी, सुन्दर श्रेष्ठ, कलाम अन्सारी, इन्द्रदेव साह, उदय चौधरीलगायतले रक्तदान गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्