छिपहरमाईमा निश्शुल्क आँखा शिविर

0

प्रस, वीरगंज, १० पुस/
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको आर्थिक सहयोगमा माट्रिका आई फाउन्डेशनले छिपहरमाई गाउँपालिकामा निश्शुल्क अँँखा शिविर सम्पन्न गरेको छ ।
छिपहरमाई गापा–२ टिहुकीमा शुक्रवार सम्पन्न आँखा शिविरमा २२४ जनाको आँखा परीक्षण गरिएकोमा ११८ जनामा मोतीबिन्दु देखा परेको फाउन्डेशनका स्वास्थ्य संयोजक महेशसिंह धामीले बताए ।
मोतीबिन्दुको समस्या देखिएका बिरामीहरूको निश्शुल्क शल्यक्रिया गरिने नगरप्रमुख सरावगीले  बताए । नगरप्रमुख सरावगीले गत वर्षदेखि यो अभियान शुरू गरेका हुन् । गत वर्ष ठूलो सङ्ख्यामा मोतीबिन्दुको शल्यक्रिया यसै अभियान अन्तर्गत गरिएको उनले बताए । यस वर्ष पनि सो अभियानलाई निरन्तरता दिएको उनले भने । यस वर्ष करीब पाँच हजारजनाको मोतीबिन्दुको शल्यक्रिया गर्ने लक्ष्य राखिएको छ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here