सर्जक र तात्क्षणिक समय विम्ब

0

सञ्जय मित्र

समयले सर्जकलाई जहिले पनि आफूतर्पm डो¥याइरहन्छ । समयलाई सर्जकले जहिले पनि आफ्नो डोरीमा बाँध्न चाहन्छन् । समयलाई आफ्ना शब्दमा कैद गरेर कहिले नबित्ने गरी आफूसित राखिहाल्छन् । सर्जकले कैद गरेको समयलाई दुनियाँले प्रदर्शनीमा देख्न सकिन्छ । समयमा त्यो क्षमता हुँदैन कि उसले सर्जकलाई आँखा छल्न सकोस्, सर्जकको नजरबाट लुक्न सकोस्, सर्जकको नजरमा पर्न नसकोस्, सर्जकको कैदमा पर्नबाट आफूलाई बचाउन सकोस् । सर्जकको कैदमा परेपछि समयलाई फुत्किन पनि गा¥हो हुन्छ, युगौंसम्म ।
हो, समय शक्तिशाली हुन्छ । समयको प्रवाहलाई सामान्यतया सर्जकले रोक्न सक्दैन । समयको गतिलाई अवरोध गर्न पनि सर्जकको बुत्ताबाहिरको प्रश्न हो । सर्जकले समयलाई कहिलेकाहीं अगाडिबाट पनि घेरेर सिर्जनामा कैद गर्न खोज्दछन् तर अधिकांश सर्जक र सिर्जना समयको गतिसँगसँगै प्रवाहित भएर, ऊसित घुलमिल गरेर, उसको अनुभूति आफूमा सँगालेर, अनुभवलाई आफूमा समेटेर, समयलाई टाढाबाट आँखाको क्यामराले कैद गरेर, समयको महŒवलाई बुझाएर, समयलाई नै समय बताएर सर्जकले समयको सिंचाइ गर्दछन् । कसैले कुनै समयको बिन्दुलाई देखाउन सक्दैनन् कि सर्जकको चेतनाको उज्यालोबाट वञ्चित भएको होओस् ।
सर्जकहरू त अझ आफ्नो नजीककोभन्दा निकै टाढाको समयको दर्शन गर्दछन् । समयको दर्शन गर्न दूरदर्शनदेखि मस्तिष्कको चेतनाको उच्चतम कल्पनालाई पनि उपयोग गर्दछन् । अहिलेका सबै किसिमका मिडियाहरूलाई पनि सर्जकले उपयोग गरिरहेका छन् र सबैको प्रतिच्छाया सिर्जनामा दिइरहेका छन् । यसरी गर्नु सर्जकको पुरातन धर्म पनि हो तर वर्तमान समय सर्जकको जिम्मेवारी यसरी पनि बढाएको देखिन्छ कि सर्जकले वर्तमान तथा भविष्यको साथै भूतको पनि दर्शन एकसाथ गरेर नवीकरण गर्दै पाठकसामु प्रस्तुत गर्नु छ । सम्भवतः यसै कारणले होला, कतिपय सर्जक इतिहासका विषयवस्तु खोतलिरहेका छन् भने कतिपय सर्जक भविष्यको समयको स्वरूपलाई सिर्जनामा प्रस्तुत गरिरहेका छन् । समयको वर्तमान स्वरूपका अनेक किसिमको दर्शन त सर्जकहरूले गरेका छन्, गराएका छन् तथा गराइरहेका छन् ।
करीब एक वर्षदेखि विश्वका सर्जकहरूको मन र मस्तिष्कमा सबैभन्दा बढी राज गरेको एउटा महामारीले । निस्सन्देह यस महामारीको प्रभाव विश्व सिर्जनामा परेको छ । महामारीको अधिकांश स्वरूपलाई सर्जकहरूले कैद गरेका छन् सिर्जनामा । सिर्जनामा कैद गरिएका धेरै विम्ब निकै शक्तिशाली छन् । कोरोनालाई पनि विम्बमार्पmत मात्र पनि चिन्न थालिएको छ । सर्जकको सफलता नै हो ।
दुःख, सुख वा उत्सवलाई सबैभन्दा बढी सर्जकहरूले सिर्जनामा कैद गर्न सक्दछन् र गरिरहेका छन् । अहिलेको समय आपैंmमा विश्वको लागि नयाँ हो तर अब नयाँलाई सिर्जनामा पनि नयाँपन र पुरानो समयमा पनि नयाँपन आदिजस्ता धेरै कुरा सिर्जनाको अध्ययनमा अनुभूति हुन्छ । कोरोनाको कठिन युगलाई सर्जक आपैंmले झेलेका छन्, पीडामा बुझाएका छन्, पीडा बुझेका छन् । अरूको पीडालाई आफ्नो बनाउने सर्जकहरू आपैंm पीडामा हुँदा कोरोनाको कहरलाई सिर्जनामा सुन्दर कैद गरेका छन् । साँच्चै सर्जकहरूले पीडालाई पनि कति सुन्दर तरीकाले कैद गर्न सक्छन् है ? चाडपर्वलाई उत्सवजस्तो पनि सर्जकहरूले नै बनाएका हुन् नि ? अझै पनि हरेक दिनलाई विशेष बनाउन सर्जकहरूले बिर्सेका छैनन् कठिन परिस्थितिमा पनि ।
कतिपयले के भन्दछन् भने सर्जकहरूले वर्तमानलाई धेरै महŒव दिनुहुँदैन । समयलाई जस्ताको तस्तै प्रस्तुत गर्नुहुँदैन तर यो त तरीकासित गरिएको असहमति हो । सर्जकले सिर्जना गर्ने वा अभिव्यक्त गर्ने तरीका मौलिक हुन सक्छ, भिन्न हुनु स्वाभाविक हो । सिर्जनका रूप पनि अनेक हुन्छन् र सर्जकको पनि अनेक मनोविज्ञान हुन्छन् । अनेक मनोविज्ञानको सिर्जनामा पार्थक्य हुन्छ ।
यद्यपि पुनः भन्न सकिन्छ कि सिर्जनामा समयको उच्चतम विम्ब हुन्छ । समयको निम्नतम विम्ब हुन्छ । मध्यम विम्ब पनि सिर्जनामा प्रस्तुत हुन्छ । हरेक पलको अनेक पक्ष पनि कैद हुन्छ । यसले गर्दा समयको कुनै पनि आवरण लुक्न सकेको पाइँदैन, समयको परिवर्तित र अपरिवर्तित सबै स्वरूपलाई दर्शनार्थ प्रस्तुत हुने सिर्जना नै हो । सिर्जनामा समयको तात्क्षणिक रूप बताउने गरिएको भएपनि कतिपय अवस्थामा तात्क्षणिक रूप पनि शाश्वतको स्वरूप बन्न पुग्दछ । सर्जकले बुन्ने पनि यही नै हो । सर्जकले कथ्ने पनि यही नै हो र सर्जकले कहने पनि यही हो । तरीकाले फरक पार्दछ ।
सिर्जनामा समयलाई पात्र बनाउने पनि गरिन्छ । समय त मुख्यतया परिवेश हो । परिस्थितिको रूपमा आउने समय जब पात्र बनेर आउँछ, तब सर्जकको कलालाई समयले पनि सम्मान गर्दछ । जब इतिहासको कथन समयले गर्दछ, समयले नै सुन्दछ, तब समयले सर्जकलाई पूज्य मान्न थाल्दछ किनभने उसैको कुरो उसैबाट भन्न लगाएर उसैलाई श्रोता, दर्शक वा भावक बनाएका हुन्छन् ।
सर्जकको यही क्षमतालाई समयले पनि सलाम गर्दछ । समयलाई चिनाउने पनि सिर्जना नै हुन्छ । यसर्थभन्दा अन्यथा नहोला– सिर्जनको ऐनामा आफ्नो अनुहार हेर्न पनि समयले आफ्नो स्वरूप फेर्दछ र फेरिएको स्वरूपलाई सिर्जनरूपी ऐनामा पाएर आफूलाई झन् मुस्कुराउँदो बनाउँछ, जसरी हामी आफ्नो अनुहारलाई ऐनामा देखेर आपैंmले आपैंmलाई झन् राम्रो बनाउने प्रयास गर्दछौं । समय पनि सिर्जनामा आफ्नो तात्क्षणिक विम्ब देखेर मुस्कुराउँछ र कहिलेकाहीं एकै समयको आफ्नो अनेक विम्ब देखेर आपैंmलाई रनभुल्लमा रहेको पनि पाउँछ ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here