वृक्षरोपण गरिएको ठाउँमा पुनः सडक सञ्चालन

0

प्रस, पर्सागढी, ३० मङ्सिर/
पर्सागढी नगरपालिका–३ स्थित सबडिभिजन वन कार्यालय मधुवन मथवल र सबैया क्ष्Fेत्र अन्तर्गतको सृजनाटोल नजीकको वनक्षेत्र अतिक्रमण गरी खनिएको सडकमा वृक्षरोपण गरिए पनि अहिले पुनः सो स्थानमा सडक सञ्चालनमा आएको छ।
भदौमा वनक्षेत्र अतिक्रमण गरी सडक बनाइएपछि वनकर्मी, वडाध्यक्षहरूको पहलमा सडकमा वृक्षरोपण गरिएको थियो। तर अहिले सो स्थानमा एउटा पनि रूख देखिंदैन भने पूर्ववत्रूपमा सडक सञ्चालनमा आएको छ। वृक्षरोपण गरिएको दुई महीनामा सडक सञ्चालनमा आएको स्थानीयले बताए। डिभिजन वन कार्यालय, पर्साले यसअघि सो क्षेत्रमा सडक सञ्चालन गरिए कारबाई गर्ने चेतावनी दिएको थियो।
चेतावनीका बावजूद वृक्षरोपण गरिएको स्थानमा वृक्षहरू हटाएर पुनः सडक सञ्चालन गर्दा वन कार्यालय मौन देखिएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here