बालिका बलात्कारको अभियुक्तलाई आठ वर्ष कैद

0

प्रस, सप्तरी, ३० मङ्सिर/
एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं ५ निवासी ४० वर्षीय गेनाइराम चमारलाई अदालतले आठ वर्ष कैद सजायको फैसला गरेको छ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासले आरोपित रामलाई आठ वर्ष कैद सजाय तोकेको हो। उनी दुई वर्ष पहिलेदेखि राजविराज कारागारमा थुनामा छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले आरोपितलाई आठ वर्ष कैद सजायका साथै रु १० हजार जरिवानाको फैसलासमेत भएको जानकारी गराएका छन्।
शम्भुनाथ नगरपालिका वडा नं २ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका आरोपितले १३ वर्र्षीया बालिकालाई ललाइफकाइ पटक–पटक बलात्कार गरी गर्भवती बनाएको आरोप छ। पीडित बालिकाकी आमाले २०७४ फागुन २० गते प्रहरीमा जाहेरी दिएको आधारमा पीडक पक्राउ परेका हुन्। प्रहरीले आरोपितलाई २०७४ फागुन २२ गते पक्राउ गरेको थियो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here