बारामा ७६ जनाद्वारा रक्तदान

0

प्रस, वीरगंज, २६ मङ्सिर/
बारा जिल्लाका दुई स्थानमा शनिवार सम्पन्न रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
बारा जिल्लाको फेटा गाउँपालिकामा नयाँ स्वतन्त्र समाज युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन्।
यसैगरी, बारा जिल्लाको सिम्रौनगढ नपाको कचोर्वामा दिनबन्धुनाथ युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख पाण्डेले बताए।
सचिन्द्र यादव, बृजेश साह कानु, विरेश यादव, रूपेश साह, राजन जैसवाल, नुरहसन खान, कैमुल्लाह खानलगायतले रक्तदान गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here