महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्न थाल्यो

0

प्रस, ठोरी, २५ मङ्सिर/
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान समापनको अवसरमा ठोरी गाउँपालिकामा बिहीवार लैंङ्किक हिंसा निवारणका लागि महिला–पुरुष सहकार्य कार्यक्रम भएको छ।
ठोरी गापा–४ घ्याङडाँडास्थित ज्ञानज्योति माविको प्राङ्गणमा भएको कार्यक्रममा वक्ताहरूले महिला हिंसा निवारणका लागि कानूनमा मात्र व्यवस्था गरेर समस्या समाधान नहुने बताए। पछिल्लो समय महिला हिंसासँगै पुरुष हिंसा पनि बढ्न थालेकोमा वक्ताहरूले चिन्ता व्यक्त गरे।
ठोरी गापाकी उपाध्यक्ष शान्तिमाया थिङले महिला हिंसा निवारणका कार्यक्रममा सहभागीहरूको उपस्थिति कम हुने गरेको बताइन्। उनले आफूले पालिकाको न्यायिक समिति संयोजकका रूपमा काम गर्दैगर्दा महिला हिंसामा परेको उजूरीको तथ्याङ्क प्रस्तुत गर्दै पछिल्लो समयमा महिलासँगै पुरुष पनि हिंसामा पर्न थालेकोमा चिन्ता व्यक्त गरिन्।
वडा नं. १ का अध्यक्ष रामप्रकाश कुँवरले महिलालाई विभेद गरे समाजको उत्थान नहुने बताए। वडा नं. ३ का अध्यक्ष सूर्यबहादुर लामाले महिला हिंसा अन्त्य गर्न बोलीमा मात्र नभई व्यवहारमा पनि प्रतिबद्ध हुनुपर्ने बताए। गापाका स्वास्थ्य संयोजक रमेशराज थिङले महिला हिंसा अन्त्यका लागि भेला र गोष्ठीभन्दा पनि व्यवहारमा लाग्न जोड दिए।
गापा उपाध्यक्ष थिड्ढो अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षा संयोजक भुपालकुमार जोशी र सहजीकरण अधिकृत अर्जुन जिसीले गरेका थिए। यसअघि महिला हिंसाविरुद्ध जनचेतना जगाउन गापामा प्लेकार्डसहित –याली प्रदर्शन गरिएको थियो।
प्रस, पोखरिया/
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत बिहीवार पोखरियामा अन्तत्र्रिmया भएको छ।
विश्व शिक्षाको सहयोगमा आसमान नेपालले आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रमका प्रमुख अतिथि पोखरिया नगरपालिका शिक्षा शाखाका संयोजक बलदेव भट्टले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानलाई वर्षभरि निरन्तरता दिनुपर्ने बताए। उनले अभियानको बेला लैङ्गिक हिंसाविरुद्ध काम कारबाई हुने र त्यसपछि शान्त हुने हुनाले अभियानले सार्थकता नपाएको बताए। उनले तुलनात्मक हिसाबले लैङ्गिक हिंसामा नियन्त्रण भए पनि आशाप्रद सफलता हासिल हुन नसकेको र अहिले पनि घरदेखि समाज, देशमा हिंसाले प्रश्रय पाइरहेको बताए।
रामदेव कलवार जिल्ला उच्चाङ्गल आधारभूत प्राविधिक विद्यालय पोखरियाका प्रअ व्यास महतोले लैङ्गिक हिंसाको कारण विद्यालयमा छात्राहरू घट्ने क्रम बढेको स्विकारे। उनले विभिन्न किसिमबाट छात्राहरूमाथि हुने दुव्र्यवहारविरुद्ध आवश्यक कारबाई हुन नसक्दा उनीहरूले बीचमा अध्ययन छाडेर बाहिरिने गरेको बताए। प्रअ महतोले अबका दिनमा त्यस्तो नहुने र त्यस्तो गर्नेविरुद्ध कठोर कारबाई गर्ने प्रतिबद्धता जाहेर गरे।
यसैगरी पद्म महुवनी मावि रानीगंजका प्रअ लालबाबू चौहानले आफ्नो विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियानलाई सार्थकता पुग्ने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे। उनले पनि हिंसाको कारण छात्राहरूको सङ्ख्या बर्सेनि घटिरहेको स्विकारे। घरदेखि विद्यालयसम्म छात्राहरूसँग विभिन्न प्रकारका दुव्र्यवहार हुने गरेको र त्यसमा संलग्नविरुद्ध कारबाई हुन नसक्दा छात्राहरूले अन्ततः विद्यालय आउन छाडेको बताए। उनले यसका लागि सबैको सहकार्य र सहयोग आवश्यक हुने बताए। विद्यालयमा हुने यस खालका गतिविधिलाई अब उप्रान्त कडाइका साथ निगरानी गर्ने उनले बताए।
अन्तत्र्रिmया कार्यक्रमको सहजीकरण राजु पटेल, गणेश राम, विक्रमा साहले गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here