चरेससहित दुईजना पक्राउ

0

प्रस, पंचगावाँ, २४ मङ्सिर/
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले दुईजनालाई चरेससहित पक्राउ गरेको छ। मङ्गलवार साँझ चेकजाँचको क्रममा भारतीय नम्बरको मोटरसाइकलमा सवार दुईजनाबाट ५ किलो चरेस बरामद भएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–९ एकटाँगा निवासी भीम यादव र घनश्याम यादव रहेका छन्। उनीहरूलाई आवश्यक कारबाईको लागि जिल्ला प्रहरी कार्यालय, पर्सा पठाइएको इप्रका पटेर्वासुगौलीले जनाएको छ।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here