हाटबजार बन्द हुँदा ठोरीमा तरकारी महँगो

0

प्रस, ठोरी, १८ मङ्सिर/
लकडाउन हटे पनि लकडाउनको बेला बन्द गरिएको हाटबजार अहिलेसम्म नखुल्दा हरियो तरकारी ठोरी गाउँपालिकामा सस्तो हुन सकेको छैन।
ठोरी गापाका विभिन्न स्थानमा साप्ताहिक र दैनिकरूपमा हाटबजार लाग्ने गर्दथ्यो।
हाटबजार लाग्दा व्यापारीहरूबीच प्रतिस्पर्धाले तरकारी सस्तो हुन्थ्यो तर अहिले लकडाउनदेखि हाटबजार बन्द हुँदा घुमाएर तरकारी बेच्नेहरूले मनपरी मूल्य लिइरहेका छन्।
वीरगंज महानगरपालिका, पर्सागढी र पोखरिया नगरपालिका तथा गाउँपालिकाहरूमा अघोषितरूपमा बजार लाग्दै आएको छ तर ठोरीमा अहिलेसम्म हाटबजार लाग्न सकेको छैन। जसले गर्दा ठोरीवासी हरियो तरकारी महँगोमा किन्न बाध्य छन्।
ठोरीमा अहिले भारतबाट आउने तरकारी व्यापारीहरूले घुमाएर बेच्दा कोभी रु ८० प्रतिकिलोमा बिक्री भइरहेको ठोरी गापा–४ का सूर्य श्रेष्ठले बताए। जबकि वीरगंजमा कोभी प्रतिकिलो रु ३० मा सहज उपलब्ध भइरहेको छ। नजीकैको सेढवा बजारमा पनि कोभी प्रतिकिलो रु ३० मा पाइन्छ। ठोरीमा हाटबजार सञ्चालन नहुनुको अर्को कारण सबैजसो व्यापारीहरू भारतीय छन्। भारतबाट तरकारी लिएर आउने र हाटबजारमा बिक्री गरिन्थ्यो। अहिले सीमा सिल भएको कारण उनीहरूलाई खुलारूपमा आवतजावत गर्न गा–हो छ। त्यसैले त्यहाँका व्यापारीहरूले साइकलमा लुकाएर तरकारी ल्याउने र बिक्री गर्दा महँगो भएको हो।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here