महालक्ष्मीको साधारणसभा सम्पन्न

0

प्रस, वीरगंज, १८ मङ्सिर/
महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको २०औं साधारणसभा सम्पन्न भएको छ।
गहवामाई मन्दिर अतिथि सदनमा संस्थाका अध्यक्ष ईश्वरचन्द्र गौतमको अध्यक्षतामा भएको साधारणसभाको वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले उद्घाटन गरेकी थिइन्।
साधारणसभामा अध्यक्ष गौतमले आव २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले कुल ५ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको बताए। त्यसैगरी, खर्च २ करोड ७२ लाख र सञ्चालन मुनाफा २ करोड ५६ लाख रुपैयाँ भएको उनले बताए। कोभिड–१९ का कारण लकडाउन भएर कारोबारमा असर गरे पनि सदस्यहरूलाई १८ प्रतिशत लाभांश वितरण गरिने उनले जानकारी गराए।
कार्यक्रममा राजेश पडित, प्रद्युम्न सेढाईं, रितेश गुप्तालगायतले मन्तव्य व्यक्त गरेका थिए भने स्वागत डा दीपक शाक्य र धन्यवाद ज्ञापन अमर राजभण्डारीले गरेका थिए।

Website | + posts

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here